हिजो घटेको सुनको भाउ आज फेरी बढ्यो, कति ?

पछिल्ला केहि दिन लगातार घटबढ भइरहेको सुनको भाउ आज फेरी बढेको छ। हप्ताको पहिलो दिन आइतबार शुक्रबारको तुलनामा घटेको सुनको भाउ सोमबार भने बढेको थियो। त्यस्तै, हिजो मंगलबार फेरी घटेको सुन आज पुनः उकालो लागेको छ।

मंगलबार प्रतितोला ९१ हजार ८०० मा करोबार भएको छापवाला सुन आज बुधबार ३०० रुपैयाँले बढेर तोलाको ९२ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, नेपाली बजारमा तेजाबी सुनको मूल्यमा पनि बुधबार ३०० रुपैयाँको वृद्धि भएको छ। जससँगै आज तेजाबी सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

हप्ताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९२ हजार, सोमबार ९२ हजार १०० र मंगलबार ९१ हजार ८०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला आइतबार ९१ हजार ५००, सोमबार ९१ हजार ६०० र मंगलबार ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो।

बुधबार चाँदीको भाउमा भने गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँले घटेर १ हजार २५५ मा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, साउन १३, २०७८११:४०

आजबाट खुल्यो यस कम्पनीको आइपिओ, कति कित्तासम्म दिने आवेदन?