यी सुपरस्टारलाई धोका दिएपछि बिक्की कौशललाई डेट गर्दैछिन् कट्रिना !

कट्रिना क्याफको नाम बलिउडकी सफल अभिनेत्रीमा गनिन्छ। उनले आफ्नो फिटनेस, अभिनय तथा सुन्दरताका साथ कयौं मानिसको मन जितेकी छिन्। २००३ मा ‘बूम’ फिल्म मार्फत बलिउडमा प्रवेश गरेकी उनले धूम ३, एक था टाइगर, टाइगर जिन्दा हे, जस्ता थुप्रै सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन्।

उनी आफ्ना फिल्मको कारण त चर्चामा रहन्छिन् नै तर प्रेम चर्चाका कारण पनि उनी खुबै चर्चा बटुल्ने गर्छिन्। उनको प्रेम सम्बन्ध बलिउडका ठूला-ठूला स्टारहरुसँग रहेको थियो। यस्तोमा आज हामी तपाईंलाई कट्रिनाका पाँच लभ अफेयर्सको बारेमा बताउँछौं…..

सलमान खान 

सलमान खान र कट्रिनाको प्रेम सम्बन्धको निकै चर्चा थियो। यी दुईले एक-अर्काका साथ विवाह गर्ने समेत निर्णय गरेको बताइन्छ। दुबै स्टारले कहिल्यै पनि सार्वजनिक रूपमा भने आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेनन्। तर यी दुई प्रेम सम्बन्धमा हुँदा धेरै पटक कट्रिनालाई सम्लानको घर आउने जाने गरेको देखिएको थियो।

रणबीर कपूर 

सलमान खानसँग कट्रिनाको ब्रेक-अप हुनुको मुख्य कारण नै रणबीर रहेको बताइन्छ। यी दुई स्टार फिल्म ‘राजनीति’ बाट एक-अर्काको नजिक भए। जसपश्चात् प्रेम सम्बन्धमा रहेका रणबीर र कट्रिना ‘लिभ इन रिलेसनसिप’ मा थिए। दुबै एकसाथ बस्न थालेका थिए। तर यी दुई बीचको सम्बन्धमा अन्ततः टुट्न पुग्यो।

अक्षय कुमार 

बलिउड खेलाडी कुमार भनेर चिनिने अक्षय कुमारको नाम थुप्रै स्त्रीहरुसँग जोडिएको छ। जस मध्ये कट्रिना क्याफ पनि पर्छिन्। ट्विङकल खन्नासँग विवाहित अक्षय र कट्रिनाको प्रेमको चर्चा पनि नचलेको भने हैन। थुप्रै हिट चलचित्रमा काम गरेका यी दुई बीचको सम्बन्ध पनि लामो समय टिकेन।

सिद्धार्थ मलहोत्रा 

कैटरीनाले रणबीरसँग अलग भएपछि सिद्धार्थसँग सम्बन्ध अगाडी बढाएको भारतीय सञ्चार माध्यममा उल्लेख छ। फिल्म ‘बार–बार देखो’ मा एकसाथ काम गरेका यी दुई बीच कुनै निकटता बढेको बताइन्छ। तर, कैटरीनाले भने कहिल्यै पनि आफू सिद्धार्थसँग कुनै पनि सम्बन्धमा नरहेको बताएकी थिइन्।

बिक्की कौशल 

कट्रिना क्याफले हाल बिक्की कौशललाई डेट गरिरहेको बताइन्छ। यी दुई बीच २०१९ देखि निकटता बढेको विभिन्न भारतीय सञ्चार माध्यमले बताएका छन्। बिक्की र कट्रिना मध्ये कसैले पनि आफ्नो सम्बन्धको बारेमा खुलासा नगरेता पनि अनिल कपूरका छोरा हर्षवर्दन कपूरले भने केहि समय अगाडी एक अन्तर्वार्तामा बिक्की र कट्रिनाले एक-अर्कालाई डेट गरिरहेको खुलासा गरेका थिए।

प्रकाशित : बुधबार, साउन १३, २०७८१४:४९

एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् यी बलिउड अभिनेत्री !