इनार खन्दा भेटियो ४० करोड वर्ष पुरानो विशाल मणि, लगभग १२ अर्ब मूल्यवान !

दक्षिण एसियाली मुलुक श्रीलंकामा दुनियाकै सबैभन्दा विशाल ‘स्टार सफायर’ भनिने नीलमणि फेला परेको छ। निकै नै बहुमूल्य मानिने यो नीलमणि रत्नपुर क्षेत्रका एक मानिसको घरपछाडि इनार खन्ने क्रममा फेला परेको हो।

५१० केजी तौल रहेको उक्त नीलमणि एकैढिक्काको रूपमा भटिएको एक रत्नव्यापारीले जानकारी दिएका छन्। विज्ञहरुका अनुसार “सेरन्डिपिटी सफायर” नाम दिएको हल्का नीलो देखिने बिशाल मणिको मूल्य अन्तराष्ट्रिय बजारमा १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब नेपाली रुपैयाँ भन्दा बढी पर्छ।

सेरन्डिपिटी सफायरको स्वामित्व रहेका गामागेले सुरक्षाको कारणले गर्दा आफ्नो पूरा नाम तथा ठेगाना खुलाउन भने इन्कार गरे। बाबु-बाजेको पालादेखि नै रत्नको व्यापार गर्ने गरेको बताउने गामागेले भने,”इनार खन्ने क्रममा एक कामदारले एक पत्थरको बारेमा जानकारी दिए। त्यसपछि खोजी गर्दा यस्तो विशाल वस्तु भेट्यौँ।”

फेला परेको पत्थरलाई झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि मात्र उक्त पत्थरको थप अध्ययन गरेर त्यसलाई नीलमणि भएको प्रमाणित गरिएको हो। प्राय: यस्ता बहुमूल्य पत्थरहरु फेला परिरहने रत्नपुरको अर्थ संस्कृतमा रत्नहरूको सहर भन्ने हुन्छ। विगतमा पनि उक्त क्षेत्रमा केहि बहुमूल्य पत्थरहरु फेला परे पनि अहिलेसम्म यति विशाल पत्थर फेला नपरेको प्रसिद्ध रत्नविद् डा. गामिनी जोयसा बताए।

डा. जोयसाका अनुसार फेला परेको पत्थर सम्भवत ४० करोड वर्षअघि बनेको जानकारी दिएका छन्। उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्चगुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१७:४१

टोइलेट जना हतार भयो भन्दै तेज गतिमा गाडी कुदाउने महिला पक्राउ !