यी खानेकुराको खाएर घटाउनुहोस् कोलेस्टेरोल !

काठमाडौँ । परिवर्तनशिल दैनिक जिवनयापन र खानपानको कारण मानिसमा हरेक किसिमका रोगहरु लाग्न थालेका छन् । यसकै परिणाम हो मुटु रोग । कोलेस्टेरोलको मुख्य कारण हो मुटु रोग । खानपान र नियममीत व्यायाम नगर्दा कोलेस्टेरोल बढ्छ र मुटुमा समस्या देखा पर्छ ।

यदपी कोलेस्टेरोललाई नियन्त्रण गर्नको लागि विशेष गरेर खानपानमा ध्यान दिनु जरुरी हुन्छ । केही यस्ता खानेकुरा रहेका छन् जसलको सेवन गर्नाले कोलेस्टेरोललाई नियन्त्रण गरेर खानाको साइडइफेक्टलाई रोक्न मद्दत गर्छ ।

१.ओखर : ओखरको सेवन गर्नाले हाम्रो शरिरमा रहेको कोलेटेरोलको १५ प्रतिशत इफेक्टलाई रोक्छ । यसमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त हुने गर्छ । ओखर खाने गर्नाले सुजन पनि निको हुन्छ । जसले रक्तसञ्चार प्रक्रियामा सुधार ल्याउँछ । ओखरमा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचर मात्रामा पाइन्छ ।

२.ओलिभ आयल : यो तेलले कोलेस्टेरोलको लेभललाई कम गर्छ । मुटु रोगीहरुको लागि ओलिभ आयल निकै महत्वपूर्ण रहेको हुन्छ । यसमा पाइने मोनोस्याचुरेटेड फ्याटले सूजनलाई पनि कम गर्छ । यसलाई सलादको रुपमा पनि खान सकिन्छ ।

३.रेडवाइन : मद्यपान स्वास्थ्यको लागि हानिकार भनिएपनि रेड वाइनले कोलेस्टेरोल नियन्त्रण गर्ने वैज्ञानिकहरुले बताएका छन् । विशेष प्रकारको अंगुरबाट रेड वाइन बनेको कारण यसले कोलेस्टेरोल लेभललाई घटाउँछ । हरेक दिन राती एक गिलास रेड वाइन पिएमा कोलेस्टेरोलको लेभललाई घटाउन सकिन्छ । तर त्यो भन्दा बढी सेवन गरेमा ठिक विपरित असल गर्न सक्छ ।

४.सुन्तलाको जुस : कोलेस्टेरोल काम गर्ने एक विशेष प्रकारको सुपरफुड भनेको सुन्तलाको जुस हो । यसले कोलेस्टेरोल नियन्त्रण गर्छ । यसलाई बिहान ब्रेकफासटको रुपमा लिन सकिन्छ । सुन्तलाको जुसमा भिटामिन सि, म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासिमयम भरपुर मात्रामा पाइन्छ । सुन्तलाको जुस पिउनाले कोलेस्टेरोलको लेभल नियन्त्रीत हुने बताइएको छ ।

५.डार्क चकलेट : सानडियागो स्टेट युनिर्भसिटीको एक अनुसन्धानकर्ताले डार्क चक्लेटले ब्लड सुगर र कोलेस्टेरोलको मात्रालाई घटाउने सघाउने बताएका छन् । डार्क चक्लेटले छालालाई स्वास्थ राख्न मद्दत गर्नुको साथै दिमाग चुस्त बनाउने, रक्त सञ्चार नियमित गर्ने, जस्ता कार्यमा फाइदा पुर्याउँछ ।

६.ग्रीन टी : नियमित रुपमा ग्रिन टि सेवन गर्ने व्यक्तिमा कोलेस्टेरोलको मात्रा कम देखिएको एक अनुसन्धनकर्ताले बताएका छन् । यसमा पाइने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउनको लागि निकै महत्वपूर्ण हुन्छ । यसले कोलेस्टेरोलको मात्रालाई ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको एलडीएल स्तरलाई कम गर्छ ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८२२:२३

पायल्स छ भने दैनिक खानुहोस् मुला, मिल्नेछ नसोचेको फाइदा !