कोरोना विरुद्धको खोप लगाउने हरेक व्यक्तिलाई १०० डलर दिने बाइडेनको घोषणा !

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन कोरोना विरुद्ध खोप लगाउने प्रति व्यक्तिलाई १०० डलर दिन राज्यहरूलाई आह्वान गरेका छन्।

अमेरिकामा पछिल्लो समय फेरी संक्रमण बढ्दै गएको तर खोप लगाउनेको सङ्ख्यामा आएको कमीलाई सम्बोधन गर्नका निम्ति यस्तो योजना ल्याउने तयारी गरेका हुन्। बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको पनि बताएका छन्।

अमेरिकाको सबैभन्दा ठूलो रोजगारदाता रहेको सङ्घीय सरकारका कर्मचारीका लागि पनि बाइडेनले खोपसम्बन्धी नयाँ कडा निर्देशन जारी गरेका छन्। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख रोजगारी रहेका छन्। बाइडेनले अबबाट सङ्घीय सरकारका निकायहरूमा काम गर्ने कर्मचारीले खोप लगाएको प्रमाण देखाउनु पर्ने र अनिवार्य रूपमा परिक्षण र मास्क लगाउनु पर्ने निर्देशन जारी गरेका हुन्।

हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले पूरा मात्रामा कोरोना विरुद्धको खोप लगाएको आधिकारिक विवरण रहेको छ। देशमा जति बढी मानिसले यस संक्रमण विरुद्धको खोप लगाउँछन् त्यति नै सरकारको लागि राहत हुने बाइडेनको भनाई छ।

त्यसैले पनि सबैलाई अमेरिकी जनतालाई खोप लगाउन प्रोहोत्सान गर्नको लागि उनले अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन आह्वान गरेका छन्। उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्ने बाइडेनले जानकारी दिए।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८०९:३७

बढ्यो सुनको मूल्य, आज १० दिन यताकै महँगो !