राज कुन्द्रा केस: आफ्नो छबि खराब गरेको भन्दै शिल्पाले माग गरिन् २५ करोड क्षतिपूर्ति !

अ-श्ली’ल फिल्म निर्माणको मुद्दाका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा नामी व्यापारी राज कुन्द्रा अहिले जेलको हावा खाइरहेका छन्। यस मामिलामा एकतर्फ दैनिक रूपमा नयाँ-नयाँ खुलासा हुँदै गर्दा राज कुन्द्रा झनै दलदलमा फस्दै गरेका छन्। अर्कोतर्फ, शिल्पा शेट्टीले मुम्बई क्राइम ब्रान्चको सोधपुछको सामना गरेपछि मिडियालाई सबै दोष थोपेकी छिन्।

शिल्पाले मिडियाले आफ्नो छबि बिगारेको आरोप लगाउँदै बम्बई उच्च अदालत पुगेकी छिन्। उनले बम्बई उच्च अदालतमा २९ मिडियाकर्मी तथा मिडिया घरहरूका विरुद्ध मा-न-हा’निको मुद्दा दायर गरेकी छिन्। यस मुद्दाको सुनुवाई आज अर्थात शुक्रबार (जुलाई ३०) मा हुने सम्भावना रहेको छ।

शिल्पाले हाईकोर्टलाई आफ्नो छबि खराब गर्ने मिडिया घरहरूलाई आफ्नो विरुद्ध प्रकाशित अपमानजनक सामग्री हटाउन र बिना शर्त माफी माग्न आदेश दिन आग्रह गरेकी छिन्। शिल्पाले मुद्धा दायर गरेका मिडियाहरुमा फेसबुक, इन्स्टाग्राम, गुगल पनि पर्छन्। यति मात्र नभएर शिल्पाले २५ करोडको क्षतिपूर्ति पनि माग गरेकी छिन्।

शिल्पाले मिडियाले गोपनीयता उल्लंघन गरेको र आफ्नो निजी जीवनको बारेमा झूटा र अपमानजनक कुरा भनिएको आरोप लगाएकी छिन्। शिल्पाको आरोप छ कि मिडिया घरहरूले धेरै हिट पाउनको लागि सनसनीपूर्ण समाचारहरू अपलोड गरेका छन्। राजको केसमा आफ्नो झूटो खबर फैलाएको पनि शिल्पाको आरोप छ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१०:४६

होस्ट र जज बनेर लाखौं र करोडौं कमाउँछन् यी बलिउड स्टार, कसले कति कमाउँछ ?