इन्डियन टिभी क्षेत्रको प्रख्यात नामको अनिता हसनंदानी। उनले काभ्यानजाली, ये हे मोहबते, नागिन जस्ता सुपरहिट सिरियलमा काम गरिसकेकी छिन्। सन् २०१३ मा अभिनेता रोहित रेड्डीसँग विवाह गरेकी उनले यहि फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिइन्। बच्चालाई जन्म दिएसँगै उनलाई अहिलेसम्म पनि धेरै बधाई दिने गरेका छन्।

अनिताका पति रोहित रेड्डीले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै आफूहरु अभिभावक बनेको जानकारी दिएका थिए। आफूले बच्चालाई जन्म दिएसँगै अनिताले आफ्नो इन्स्टाग्राममा एक अनौठो प्रकारको भिडियो हाल्दै आफ्नो बच्चालाई यस संसारमा स्वागत गरेकी थिइन्। दर्शकलाई हास्यास्पद लाग्न सक्ने यस भिडियो केहि रचनात्मक पनि रेहेको छ।

६ मिलियन भन्दा बढी फलोअर्स रहेका अनिताको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा हालेकी उक्त भिडियोमा अनिताको बेबी बम्पमा एक पट-का राखिएको देख्न सकिन्छ। जसपछि त्यो पट-कामा रोहितले प-ड्काउनको लागि बा-लेको देखिन्छ।
View this post on Instagram
जसपछि पट-का प-ड्किन्छ र यो संसारमा यी दुई जोडीको मायाको चिनो ‘आराव’ आउँछ। आरावलाई अनिता र रोहितको हातमा देखिएको छ।
अनिता हसनंदानीका केहि फोटोहरु:




