ओली बयलगाढा चिह्न लिएर चुनाव लड्ने कुरा कसले गर्यो ?

काठमाडौँ – नेकपा एमालेका सांसद् मेटमणि चौधरीले केपी शर्मा ओलीलाई अध्यक्ष मानेर पार्टी एकता कायम हुन नसक्ने बताएका छन्। माधव नेपाल पक्षका केन्द्रीय सदस्य समेत रहेका चौधरीले एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा सम्भव नहुने बताए।

एमालेलाई एक हुन नदिने ओली दुई-तीन वर्षअगाडिदेखि नै ओली लागिसकेको चौधरीले बताए। ओलीका कारण नै एमाले एकता सङ्कटमा परेको उनले बताए। आफूहरुले त्यो कुरा पहिला नै बुझिसकेको चौधरीको भनाई छ।

“केपी ओलीले नेकपा एमालेलाई एक हुन नदिन दुई/तीन वर्ष अगाडिदेखि नै लागिसक्नुभएको थियो। त्यो कुरा हामीले बुझेका थियौं।”,बिहीबार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने।

पार्टी एकता सम्भव नभएको खण्डमा आफूहरु नयाँ पार्टी गठनको प्रक्रियामा पनि जाने चौधरीले बताए। केपी ओलीले घोषणा नगरे पनि नेकपा एमालेलाई मिल्न नदिने मनोविज्ञानमा पुगसकेको चौधरीको दावी छ।

“उहाँले घोषणा नगर्दासम्म हामीले पनि अर्को बाटो निर्माण गर्नुपर्छ भन्ने लागेको छैन। उहाँले घोषणा गरेपछि हामीले पनि कानुनी प्रावधानमाथि मध्यनजर गरेर अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ, पुग्छौं। उनले अर्को पार्टी नबनाउँदासम्म हामीले नेकपा एमालेबाटै आफ्ना गतिविधिहरु अगाडि बढाउँछौं”,उनले भने।

त्यस्तै चौधरीले ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर लड्ने पनि भन्दै कटाक्ष पनि गरे। चौधरीले भने,”एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन । ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”

प्रकाशित : बिहिबार, साउन २१, २०७८१४:०१

वलीलाई मुख्यमन्त्री निवास सम्म पुर्याउने ढकालले मुख खोले !