वलीलाई मुख्यमन्त्री निवास सम्म पुर्याउने ढकालले मुख खोले !

काठमाडौँ – गएको केहि दिन देखि लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली लगातार चर्चामा छिन्। गएको केहि महिना भित्रै पटक-पटक दलअदलीबदली गरिसकेकी व;वली पुनः चर्चामा आएकी हुन्।

पछिल्लो पटक उनी माओवादी केन्द्र पार्टी तर्फ खुलेकी छन्। केहि दिन बेपत्ता भएर एकाएक आफू माओवादी केन्द्रमा रहेको बताएकी वलीले बिहिबार लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाइएको खुलासा गरेकी छन्।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद खत्रीले आफूलाई साउन १५ गते देखि २० गते सम्म मुख्यमन्त्री पोख्रेलको निवासमा बन्धक बनाएर राखेको आरोप लगाएकी हुन्। साथै बन्धक कोठा भित्र नेकपा एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको समेत उनको आरोप छ।

साउन १५ गते नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मान बहादुर राउत तुलसीपुर स्थित आफ्नो घरमा पुगेर एमाले प्रवेश गर्न दबाव दिएको र पछि मुख्यमन्त्री निवास पुर्याएर बन्धक बनाएको वलीले बताइन्। सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालय पुगेको उनको भनाई छ।

के भन्छन् भूभिश्वर ढकाल ?

बन्धक बनाएको आरोप लागेपछि नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकालले वलीलाई बन्धक नबनाएको दावी गरेका छन्। उनका अनुसार वली आफ्नै मर्जीले मुख्यमन्त्री निवासमा गएर बसेकी हुन्। वलीलाई मुख्यमन्त्रीको निवासमा आफूले पुर्याएको स्वीकार गर्दै ढकालले वलीकै इच्छाअनुसार त्यसो गरिएको बताए। मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै आफूले वलीलाई मुख्यमन्त्री निवास पुर्याएको ढकालको भनाई छ।

साथै वलीले विज्ञप्तिमा हस्ताक्षर पनि आफैं गरेको ढकालले बताए। सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा लेखिएको पत्रमा समेत वलीले हस्ताक्षर गरेको ढकाल बताउँछन्। एमाले प्रवेश गर्ने विषयमा कुरामिलिसके पछि वलीले होटलमा भन्दा मुख्यमन्त्री निवासमा बस्न चाहेको र सोहि अनुसार नै वली मुख्यमन्त्री निवासमा बसेको ढकालले दावी गरे।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१६:४३

माधव नेपालले भने – “कम्युनिष्ट भन्दा कांग्रेस नै गतिलो रहेछ, ओली भन्दा देउवा राम्रा”