एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो ।

फेरि पिएसजीले आइफेल टावर बुक गरेको बताइएको छ । बार्सिलोनाका पूर्व कप्तान लिओनल मेस्सीलाई सार्वजनिक गर्नका लागि पिएसजीले आइफेल टावर बुक गरेको अनुमान गरिएको छ । इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पिएसजीले अगष्ट १० का लागि टावर बुक गरेको छ ।

त्यसका आधारमा पनि मेस्सीलाई सार्वजनिक गर्ने अनुमान गरिएको हो । केहि सञ्चारमाध्यमका अनुसार मेस्सीले पिएसजीमा तीन वर्षको सम्झौता गर्ने सम्भावना छ । उनले नेयमारले भन्दा बार्षिक ५ मिलियन बढी प्राप्त गर्नेछन् । नेयमारले ३५ मिलियन पाउँदै आएका छन् । त्यस्तै मेस्सीले भने बार्षिक ४० मिलियन पाउन्ड पाउने बताइएको छ ।

मेस्सीले आज क्याम्व नोउबाट आफ्नो राजीनामा बारे सम्बोधन गर्दैछन् । लिगको आर्थिक नियमावलीको कारण बार्सिलोना र मेस्सीबीच सम्झौता हुन सकेको थिएन ।

