आँधी र तुफान एकै पटक लेराउने तयारीमा पीएसजी, सर्वोत्कृष्ट आक्रमण पङ्क्ति तयार गर्दै !

photo: MARCA

फ्रेन्च क्लब पीएसजी अहिले पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीलाई क्लब भित्र्याउने तयारीमा लागी परेको छ। बार्सिलोनाले आफ्ना पूर्व कप्तान मेस्सीले अर्को सिजन क्लबका लागि नखेल्ने घोषणा गरेसँगै पीएसजी अर्जेन्टिनी कप्तानलाई अनुबन्ध गर्नको लागि प्रयास गरिरहेको छ।

थुप्रै रिपोर्टसका अनुसार मेस्सी र पीएसजी बीच सम्भावित ट्रान्सफरको बारेमा सम्पर्क पनि भइसकेको र ३४ वर्षीय अर्जेन्टिनी स्ट्राइकर फ्रेन्च क्लबसँग अनुबन्ध हुन निकै नजिक रहेको बताइन्छ। मेस्सीको ठूलो पारिश्रमिकको कारण उनलाई अनुबन्ध गर्नको लागि धेरै क्लब सक्षम छैनन्। तर कतारी मालिक रहेको पीएसजीका लागि भने विश्वकै सर्वोत्कृष्ट खेलाडीलाई ठूलो रकममा क्लब भित्राउन कुनै समस्या नहुने बुझिएको छ।

नेइमार र एम्बाप्पे जस्ता ठूला सुपरस्टार रहेको क्लबले मेस्सी जस्तो मेगास्टार अनुबन्ध गर्न समस्या हुन्छ कि भन्ने धेरैको ठम्याई रहेको थियो। जसको कारण मेस्सी पीएसजीसँग अनुबन्ध भएको खण्डमा एम्बाप्पे रियल म्याड्रिड प्रस्थान गर्न सक्ने बताइन्छ तर यस्तो हुन्छ भन्ने पक्का छैन। मार्काको एक रिपोर्टका अनुसार फ्रेन्च क्लब पीएसजी अहिले फुटबल इतिहासकै सबैभन्दा घातक आक्रमण पङ्क्ति तयार गर्ने सोचमा रहेको छ।

पीएसजीको सोचमा मेस्सी, नेइमार र एम्बाप्पेका रूपमा युरोपकै सर्वोत्कृष्ट आक्रमण निर्माण गर्ने तयारीमा रहेको छ। यी तीन विश्व स्तरीय खेलाडीको आक्रमण पङ्क्ति फुटबल इतिहासकै सर्वोत्कृष्ट आक्रमण पङ्क्तिलाई टक्कर दिने किसिमको हुनेछ। यी तीन खेलाडीको जोडी ब्राजिलले २००२ विश्वकपमा उतारेको रोनाल्डो, रोनाल्डिन्हो र रिभाल्डोको जोडीलाई टक्कर दिने किसिमको हुनसक्छ। त्यस्तै, बार्सिलोनामा मेस्सी, नेइमार र सुआरेज तथा रियलमा रोनाल्डो, बेल र बेन्जेमाको जोडी भन्दा पनि उत्कृष्ट साबित हुनसक्छ मेस्सी, नेइमार र एम्बाप्पेको जोडी।

मेस्सी पीएसजी गएको खण्डमा क्लबसँग यी तीन सुपस्टार खेलाडीको आक्रमण मात्र हुने छैन, सर्जियो रामोस, जियानलुइजी डोनारुमा, मार्को भेराटी, जर्जिन्हो विनाल्डम अकाराफ हाकिमी जस्ता खेलाडी भएको निकै पुक्त टोली पनि हुनेछ। यस्ता सुपरस्टार नामको साथमा पीएसजीले युरोपकै सर्वोत्कृष्ट टिम मध्ये एक टोली तयार पार्नेछ।

प्रकाशित : आइतबार, साउन २४, २०७८१२:१७

मेस्सीले स्वीकार गरे रोनाल्डोको यस्तो च्यालेन्ज, अब देखाइदिने !