“ज्यानले दिएसम्म फुटबल खेल्छु”

एजेन्सी – लियोनेल मेस्सीले सकेसम्म लामो समय सम्म फुटबल खेल्ने आफ्नो प्रयास रहने बताएका छन्। क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै लामो समय सम्म फुटबल खेल्ने आफ्नो प्रयास रहने मेस्सीले बताएका हुन्।

आफू फुटबललाई सबै भन्दा बढी माया गर्ने हुँदा आफ्नो प्राथमिकता लामो समय फुटबल खेल्ने रहने र त्यसको लागि आफ्नो शरीरले पनि साथ दिने पर्ने मेस्सीले बताए। शरीर र स्वास्थ्यले साथ दिए सम्म उच्च तहको फुटबल खेल्ने मेस्सीको भनाई छ।

“सबैलाई थाहै छ, म फुटबललाई कति धेरै माया गर्छु। सक्दो लामो समय फुटबल खेल्ने मेरो प्राथमिकता रहनेछ।”,मेस्सीले भने,”तर, त्यसको लागि मेरो शरीरले पनि साथ दिनुपर्ने हुन्छ।”

अहिले सम्म आफूमा गम्भीर स्वास्थ्य समस्या नदेखिएको उल्लेख गर्दै मेस्सीले आफू अहिले सम्म भाग्यमानी रहेको बताए। तर सधै त्यसो भैरहन्छ भन्न नमिल्ने मेस्सीको बुझाई छ।

“भाग्यवस ममा अहिले सम्म कुनै जटिल समस्या देखिएको छैन, जटिल चोटबाट म गुज्रनु परेको छैन। कसलाई के थाहा भोलि के हुन्छ?”,मेस्सीले भने,”मैले मेरा धेरै साथीहरुको चोटका कारण करियरमा पूर्णविराम लागेको देखेको छु।”

प्रकाशित : आइतबार, साउन २४, २०७८१६:२९

जाँदा-जाँदै मेस्सीले भने – ‘खेलाडी भन्दा क्लब ठूलो हो’