मैलुङ खोलाको आइपिओ भोलि बाँडफाँड हुने, कसको भागमा कति पर्ला ?

काठमाडौँ – मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले खुल्ला गरेको साधारण शेयर(आइपिओ) बाँडफाँड मंगलबार हुने भएको छ। साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निवेदन दिन मिल्ने गरी निष्कासन गरिएको आइपिओ भोलि बाँडफाँड गर्न लागिएकाे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल जानकारी दिएको हो।

प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासन गरिएको थियो। त्यस मध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ता भने सर्वसाधारणलाई छुट्याएको छ।

साउन १४ गते निष्कासन गरिएको कम्पनीकाे आइपिओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए।

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा झन्डै ७ गुना बढी आवेदन

सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।

रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकीे ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१६:३८

मैलुङ खोला जलविद्युत्को आइपिओ बाँडफाँड, कति जनाले पाए ? हेर्नुहोस् !