मैलुङ खोला जलविद्युत्को आइपिओ बाँडफाँड, कति जनाले पाए ? हेर्नुहोस् !

काठमाडौँ – मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड साधारण शेयर(आइपिओ)को बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार आइपिओ बाँडफाँड मंगलबार बिहान भएको हो।

सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए। त्यसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो।

बाँकी २० लाख ६५ हजार १२४ जना मध्येबाट ६८ हजार ४७४ जनालाई शेयर बाँडफाँड गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ। ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका छन्।

साउन १४ गते देखि कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासन गरेको थियो। त्यस मध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

कसरी हेर्ने नतिजा  ?

आइपिओको नतिजा सिडिएससीको वेबसाइट (https://iporesult.cdsc.com.np/) बाट हेर्न सकिन्छ । जसको लागि सिडिएससीको वेबसाइटमा गएर कम्पनि सेलेक्ट गरि 16-digit BOID मा आफ्नो डिम्याट नम्बर राखेर हेर्न सकिन्छ। साथै सिद्धार्थ क्यापिटल लिमिटेडको वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१०:१९

मानुषी लघुवित्त आइपिओ बिक्री खुल्यो ! सर्वसाधारणको भागमा कति ?