भोलि मध्यन्न हुनु अगाडी ग्रहचक्रमा हुँदैछ ठूलो परिवर्तन, कुन राशिलाई कस्तो ? हेर्नुहोस् !

एजेन्सी – समस्त भौतिक सुखको कारक ग्रह मानिने शुक्रले साउन २७ गते राशि प्परिवर्तन गर्दैछ। साउन २७ गते बुधबार शुक्र बिहानको ११ बजेर ३५ मिनेट पश्चात सिंह राशि छाडेर कन्या राशिमा प्रवेश गर्नेछ।

शुक्र कन्या राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिलाई असर पर्नेछ। १२ राशि मध्ये केहिलाई शुक्रको राशि परिवर्तनले शुभ प्रभाव पार्नेछ भने केहिलाई अशुभ प्रभाव पर्नेछ। कुन राशिलाई कस्तो ?

मेष राशि

शुक्रको राशि परिवर्तनसँगै शुक्र मेष राशिको शत्रु वा रोग भावमा रहनेछ। यस्तो हुँदा मेष राशि हुनेहरुमा स्वास्थ्यको समस्या बढ्नेछ। खान-पानमा विशेष ध्यान पुर्याउनु होला। पाचन सम्बन्धि तथा श्वास-प्रश्वास सम्बन्धि समस्या देखा पर्न सक्ला। साथै शुक्रका कारण शत्रु पनि हावी हुनेछन्। अरुको षड्यन्त्रमा नपरियोस् भन्नको लागि विवेकको प्रयोग गर्नुहोला। दाम्पत्य जीवनमा पनि समस्या पैदा हुन सक्लान्। साना-साना कुरामा विवाद हुनेछ। आर्थिक लेनदेनमा पनि शुक्रको नकारात्मक प्रभाव रहन सक्ला।

वृष राशि

शुक्र वृष राशिको पाँचौं स्थानमा रहनेछ। शुक्रको राशि परिवर्तन वृष राशि हुनेहरुका लागि खासै शुभ रहने देखिँदैन। विद्यार्थीहरुका लागि शुक्रको राशि परिवर्तन खासै लाभप्रद रहनेछैन। अध्ययन रूची घट्नेछ भने प्रतिष्पर्धाहरुमा पछि पर्ने सम्भावना रहेको छ। नीति नियम लागू गर्ने मामलामा पनि शुक्र बाधक बन्न सक्ला। शुक्रको नकारात्मक प्रभाव कार्यस्थलमा समेत पर्नेछ। महत्वपूर्ण कार्य असफल हुँदा मन विचल्लित हुन सक्ला। सकेसम्म नयाँ कार्यमा लगानी पनि नगरेकै राम्रो होला।

मिथुन राशि

शुक्रको राशि परिवर्तनले मिथुन राशि हुनेहरुलाई शानदार परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा असहाजी सफलता मिल्नेछ। भविष्यसँग जोडिएका योजनाहरु सफल हुनेछन्। समाजमा मान-सम्मान बढ्नेछ। परिवारसँग राम्रो समय व्यतित गर्ने मौका मिल्नेछ। कतै टाढाको यात्रा समेत हुन सक्ला। स्वास्थ्यमा पनि शुक्रको सकारात्मक प्रभाव रहने देखिन्छ।

कर्कट राशि

शुक्रको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। काम रोकिए पनि उठ्नुपर्ने रकम उठ्नेछ। उद्योग र व्यापारमा सामान्य फाइदा होला। खर्चमा नियन्त्रण राख्न सकेको खण्डमा आर्थिक संकट टर्नेछ। निर्णयक्षमतामा ह्रास आउन सक्ने हुँदा हारेक निर्णय लिनु भन्दा अगाडी परिवारमा छलफल गर्नुहोला। स्वास्थ्यको हिसाबले शुक्रको राशि परिवर्तन कर्कट राशि हुनेहरुलाई धेरै नै अशुभ रहने देखिन्छ। कलाकारहरुका लागि भने शुक्रको राशि परिवर्तन लाभप्रद नै रहनेछ।

सिंह राशि

शुक्रको राशि परिवर्तनसँगै धन आर्जनका नयाँ बाटा खुल्नेछन्। घर-जग्गा सम्बन्धि कारोबारबाट सोचेजस्तै लाभ मिल्नेछ। पहिला गरिएका साझेदारीले लाभ दिनेछन्। सवारी बेच्ने योजना सफल हुन सक्ला। नयाँ कार्य थालनीका लागि पनि शुक्रको राशि परिवर्तनले बाटो खोल्न सक्ने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ भने मानसिक रुपमा आनन्द मिल्नेछ।

कन्या राशि

शुक्रको राशि परिवर्तन कन्या राशि हुनेहरुका लागि खासै सुखद देखिँदैन। शुक्रको राशि परिवर्तन सँगै आलोचना बढ्नेछ। आफ्नै भनिएकाहरु विरुद्धमा लाग्नेछन्। सोचेजस्तो नहुँदा मानसिक रुपमा तनाव बढ्नेछ। दाम्पत्य जीवनमा सन्तुष्टिको कमी हुनेछ। यात्राको अवसर जुरेपनि काम सफल हुनेछैन। आम्दानी र खर्चमा तालमेल नहुँदा आर्थिक समस्या पैदा होला। परिवारमा शुक्रका कारण तनाव बढ्न सक्ने देखिन्छ।

तुला राशि

शुक्रको राशि परिवर्तन तुला राशि हुनेहरुका लागि धेरै नै हितकारी सावित हुनेछ। कार्य-व्यापारमा विभिन्न प्रकारका लाभ मिल्नेछन्। शुक्रले आम्दानी समेत बढाउन सक्ने देखिन्छ। रोजगारको क्षेत्रमा पदोन्नती दिलाउन पनि शुक्रको भूमिका रहन सक्ने देखिन्छ। नयाँ सम्बन्ध कायम हुँदा नयाँ उर्जा मिल्न सक्ला। कानुनी रुपमा पनि शुक्रको शुभ प्रभाव रहन सक्ला।

वृश्चिक राशि

शुक्रको कन्या राशिमा प्रवेश वृश्चिक राशि हुनेहरुका लागि मध्यम फलदायी मान्न सकिन्छ। व्यापार व्यवसायमा राम्रो प्रगति हात लागि हुनेछ। पटक-पटक दोहोर्याउन परेपनि काम सफल हुनेछन्। खर्चमा नियन्त्रण राख्न सकिएको खण्डमा आर्थिक संकट टरेर जानेछ। सकेसम्म ठूलो खर्च केहि समयका लागि नगर्नुहोला। शैक्षिक क्षेत्रमा उल्लेख्य लाभ मिल्नेछ। कानुनी रुपमा पनि शुक्रको राशि परिवर्तन सुखद रहनेछ। तर अरुका समस्यामा नदुखाएकै राम्रो होला ।

धनु राशि

शुक्रको राशि परिवर्तनसँगै धनु राशि हुनेहरुको जीवनमा भौतिक सुख वृद्धि हुनेछ। नयाँ सवारी साधन जोड्ने अवसर मिल्ला। आर्थिक समस्या देखि सहजै छुटकारा मिल्नेछ। धेरै समय देखि नउठेको धन उठ्ने देखिन्छ। उपहारको रुपमा महँगा सामग्री तथा गहना मिल्ने योग समेत देखिन्छ। शैक्षिक रुपमा पनि शुक्रको राशि परिवर्तन लाभप्रद नै रहला।

मकर राशि

शुक्रको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि मिश्रित रहनेछ । प्रतिकूल परिस्थितिले चिन्ता बढाउने देखिन्छ भने अरूका लागि समय, धन र बुद्धि खर्च हुन सक्ला। काम पूरा नभए पनि प्रयत्न गर्दा राम्रै लाभ उठाउने सकिएला। खेलाडीहरुका लागि शुक्रको राशि परिवर्तन धेरै शुभ सावित हुनेछ। महत्वपूर्ण उपाधि जित्न सकिएला। शत्रु सहजै पराजित हुनेछन्। सामाजिक रुपमा महत्वपूर्ण जिम्मेवारि बहन गर्ने मौका मिल्न सक्ला। प्रेम जीवन पनि राम्रै रहला।

कुम्भ राशि

शुक्रको राशि परिवर्तन कुम्भ राशि हुनेहरुका लागि वरदान भन्दा कम हुनेछैन। प्रेम जीवन उल्लासमय रहनेछ भने विवाहितहरुलाई जीवनसाथीबाट पूरा साथ मिल्नेछ। नयाँ कार्य थालनीका लागि परिवारको पूर्ण सहयोग मिल्ने देखिन्छ। सामाजिक कार्यमा दायित्व बढ्दा मान-सम्मान समेत बढ्नेछ।

मीन राशि

सप्तम भावमा शुक्रको राशि परिवर्तन हुँदा मीन राशि हुनेहरुको दाम्पत्य जीवन अथवा प्रेम जीवनमा नकारात्मक प्रभाव पर्नेछ। सामान्य भन्दा सामान्य कुरामा समेत परिवारमा कलह बढ्न सक्ला। मिहिनेत अनुसार लाभ नमिल्दा जाँगर हराउनेछ। साझेदारीमा गरिएका व्यवसायले सबै भन्दा बढी तनाव दिनेछ। कानुनी रुपमा पनि समस्या बढ्न सक्ला। बोलि तथा व्यवहारमा नियन्त्रण नहुने होला भने आफन्तजनसँगको सम्बन्धमा दरार आउनेछ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१७:२६

शुभ समय आउनुभन्दा पहिला तपाईलाई मिल्छ यस्तो १० शुभ संकेत, हुनेछ मालामाल!