गोलभेडा, आलु, बेसार जस्ता ५ चीज जसले अनुहार चम्किलो बनाउँछ ! कसरी गर्ने प्रयोग ? हेर्नुहोस् !

गोरो अनि चिटिक्क परेर हिड्न त कसलाइ पो रहर नहोला, चाहे स्कुल कलेज मा पढ्ने युवा युवती, चाहे कुनै संस्थामा काम गर्ने कर्मचारी, चाहे बुढा चाहे बच्चा, अनि के महिला के पुरुष सबैलाइ सुन्दर अनि गोरो चेहरा बनाउने तरिका खोजिरहेका हुन्छन् । फलस्वरुप बजारमा आएका अनेकौ क्रिम को प्रयोग मा ब्यस्त जिवनशैली ।

समयको बर्वादी संगै पैसा पनि अनि कतिपय मानिसहरु अनुहार चम्काउन सौन्दर्ये प्रशाधनमा हजारौ खर्च गर्छन Beauty Parlor धाउछन । तर कतिपय यस्ता सामग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन् । तर Side Effect नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्येका पारखिहरुको ध्यान गएको पाइदैन । केहि यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मदत गर्छ । आउनुहोस यो लेखले तपाईको गोरो अनुहार बनाउने सपना पनि पुरा गर्दछ अनि तपाई को समय र पैसाको पनि बचत । ध्यानसंग पढ्नुहोला तल उल्लेख गरिएका बुधाहरु ।

गोलभेडा

अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाइ लेदो बनाई पुरै अनुहारमा लगाउने , २० मिनेट पछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फ़ाइदा हुनुको साथै दाग हटेर जान्छ ।

आलु

आखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आखामाथी बाट कोरेको आलु १५ मिनेट सम्म राखेर नियमित रुपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

मेवा

मेवामा पाइने एनजाइमले छालाको मृतकोष हटाइ नया कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । लगातार केहि महिना लगाउने हो भने छालाको सबै दाग हराउछ ।

तुलसीको पात

तुलसीको पातलाइ कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेट पछि सफा गर्दा छालामा भएको दाग एवं चाउरि समाप्त हुन्छ ।

बेसार

काचो बेसारमा मसिनो लेप दुधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मलिसले केहि दिनमै सम्पूर्ण शरीरको छालामा निखार आइ छाला मुलायम , गोरो एवं बेदाग देखिन्छ ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१८:०७

ज्यान मोटायो ? त्यसो भए बिहान बेलुका यी चीजको प्रयोग गर्नुहोस् !