“ओलीको बोलिले त श्रीमान्–श्रीमतीको पनि डिभोर्स हुन्छ”

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहनै नसकिने आरोपहरु लगाइरहेको बताएका छन्। आफू पक्षीय बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीको आरोप सुन्ने नसकिने रहेको बताए।

ओलीले आफू माथि गद्दार, देशद्रोही, अनुशासनहीन, काम नलाग्ने मान्छे भन्ने मात्र नभई प्रचण्डको कारिन्दा समेत भनेको कार्यकर्ता माझ सुनाए। ओलीले आफू माथि प्रयोग गरेका शब्दले श्रीमान्–श्रीमती नै भए पनि सम्बन्ध विच्छेद हुने नेता नेपालले बताए।

“उहाँले बोलेका कुरा ख्याल गर्ने हो भने श्रीमान्–श्रीमतीको समेत डिभोर्स हुन्छ। उहाँले गद्दार, देशद्रोही, अनुशासनहीन, काम नलाग्ने मान्छे, के छ हैसियत? प्रचण्डको कारिन्दा जस्ता शब्दको प्रयोग गरिसक्नुभयो।”,नेता नेपालले भने।

मान्छेको स्वभिमान भन्दा ठूलो कुरा केही नहुने बताउँदै नेपालले अपमानित भएर बस्न नसकिने अवस्था रहेको बताए। आफूहरु विभेद र अपमान विरुद्ध लडेको हुँदा ओलीको अपमान पनि सहेर बस्न नसकिने नेपालको भनाई छ। ओलीमा अझै पनि पश्चातापबोध नभएको नेता नेपालले बताए। पार्टी उपाध्यक्ष बामदेव गौतम र अन्य नेताहरु बालुवा पेलिरहेको नेता नेपालको भनाई छ।

उनले भने,”केपी ओलीमा अहिले पनि पश्चाताप बोध छैन। अब त घैंटोमा घाम लाग्ला भन्यो, बालुवाबाट तेल निस्किएला कि भन्यो तेल निस्किदैन। बामदेव कमरेड अझै बालुवा पेल्दै हुनुहुनुहुन्छ, हाम्रा कमरेड अझै लागिराख्नुभएको छ।”

प्रकाशित : आइतबार, साउन ३१, २०७८१२:४९

“हिजो ओलीले अध्यादेश ल्याउँदा गलत भन्नेहरुले अब माफी माग्नुपर्छ”