“हिजो ओलीले अध्यादेश ल्याउँदा गलत भन्नेहरुले अब माफी माग्नुपर्छ”

काठमाडौँ – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेपाली कांग्रेसमै विवाद शुरु भएको छ। अध्यादेशलाई लिएर नेपाली कांग्रेस अहिले स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको छ। एक पक्ष अध्यादेशको पक्षमा छ भने अर्को पक्ष अध्यादेशको विपक्षमा छन्।

यसै बीच नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले पनि अध्यादेशको विरोध गरेका छन्। थापाले सामाजिक संजाल फेसबुक मार्फत अध्यादेशको विरोध गरेका हुन्।

थापाले हिजो केपी शर्मा ओलीको सरकारले अध्यादेश ल्याउँदा गलत भनेर अहिले अध्यादेशको समर्थन गर्न नमिल्ने बताएका छन्। संसद् अधिवेशन हठात् अन्त्य गरेर अध्यादेश ल्याउनु जसले गरे पनि गलत नै हुने थापाको भनाई छ।

ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने सबैले अहिले माफी माग्नुपर्ने पनि थापाले बताएका छन्। साथै थापाले संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार उनलाई समर्थन गर्ने कसैलाई पनि अहिले अध्यादेशको विरोध गर्ने अधिकार नरहेको बताएका छन्।

थापाले फेसबुकमा यसो लेखेका छन् –

संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन÷हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ । सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷ हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८११:२६

अन्ततः तेस्रो घार एमालेमै, नयाँ पार्टीमा माधव नेपाल एक्लै !