अन्ततः तेस्रो घार एमालेमै, नयाँ पार्टीमा माधव नेपाल एक्लै !

काठमाडौँ – नेकपा एमाले भित्र रहेको अन्तरिक आन्तरिक कलहका कारण जन्मिएको तेस्रो धार एमालेमै रहने सम्भावना बढेको छ। सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग तेस्रो घारका नेताहरुले गरेको भेटघाट सकारात्मक बनेसँगै तेस्रो धारका नेताहरु एमालेमै रहने सम्भावना बढेको हो।

सोमबारको तेस्रो घारका नेता र ओली बीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ। ओली निवास बालकोटमा भएको छलफलका क्रममा ओली १० बुँदे कार्यान्वयन गर्न तयार भएका हुन्। १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाउन ओली तयार भएको बताइएको छ।

दुई पक्ष बीच भएको छलफलका पश्चात १० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि स्थायी कमिटी बैठक बस्ने तय भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। मंगलबार नै बैठक बस्ने उनको भनाई छ। मंगलबार बस्ने बैठक मार्फत छुट्टै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेका माधव नेपाल सहितका नेताहरुलाई पनि पार्टीमा फर्किन आह्वान गर्ने भट्टराईले बताए।

नयाँ पार्टी गठन गर्ने माधव नेपालको निर्णयमा आफूहरुको असहमति रहेको भट्टराईको भनाई छ। पार्टी एकताका लागि अन्तिम समय सम्म आफूहरुले प्रयास गरिरहेको अवस्थामा माधव नेपालले हतारमा पार्टी दर्ता गरेको भट्टराईले आरोप लगाए।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१५:१४

“एमाले महासागर हो, माधवको नयाँ पार्टी खाल्डो मात्रै हो”