मध्यरात सकिए लगतै ग्रहचक्रमा सूर्यको राशि परिवर्तन, यी ४ राशिका लागि अत्यन्त अशुभ !

सूर्य देव हरेक महिना आफ्नो राशि परिवर्तन गर्छन्। अगस्त १७ अर्थात भदौ १ गतेको राति १ बजेर २० मिनेटबाट सूर्य ग्रह कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्नेछन्। यस राशिमा सूर्य १७ सेप्टेम्बर अर्थात असोज १ गतेसम्म विराजमान रहनेछन्। सूर्य ग्रहलाई सिंह राशिको स्वामी मानिन्छ। मेष राशिमा उच्च रहने सूर्य तुला राशिमा नीच रहन्छन्। सूर्य देवको यो राशि परिवर्तनले केहि राशिलाई शुभ परिणाम दिनेछ भने केहि राशिका मानिसले यो समयमा विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। कुन-कुन राशिमा सूर्यको यो गोचरको नकारत्मक प्रभाव पर्छ त ? जान्नुहोस्….

वृष राशि 

पारिवारिक कलहले मानसिक अशान्ति निम्त्याउन सक्छ। घरको गाडी किन्ने सपना पूरा हुन सक्छ। आमा बुबाको स्वास्थ्य बारे भने विशेष ध्यान दिन आवश्यक रहेको छ। आफन्त तथा साथी-भाईबाट सहयोगको अपेक्षा नराख्नुहोला। यात्रा गर्दा विशेष सावधान रहनुहोला, दुर्घटना हुने सम्भावना देखिन्छ। आफ्नो योजना गोप्य राखेर काम गर्दा मात्र सफल हुने सम्भावना रहन्छ।

कर्कट राशि

यस अवधिमा तपाईंको कटु बोलीको कारण बनेको काम पनि बिग्रन सक्छ। त्यसैले, बोल्दा संयम भएर मात्र बोल्नुहोला। वाहन सुख प्राप्त होला। केहि नयाँ चीज खरिद गर्न चाहनुहुन्छ भने पनि समय अनुकूल नै रहेको छ। स्वास्थ्यमा भने समस्या आउनसक्छ, विशेष गरी दाहिने आँखाको ख्याल राख्नुहोस्।

कन्या राशि 

कष्टदायी यात्रा गर्नुपर्ने हुनसक्छ। मित्र तथा आफन्तबाट केहि अ अशुभ समाचार पनि प्राप्त हुनसक्छ। यस्तो स्थितिमा, कुनै पनि निर्णय धेरै सावधानीपूर्वक लिनुहोस्। यस अवधिमा कसैलाई अधिक ऋण दिनबाट बच्नुहोस्। विदेश यात्रा वा विदेशी कम्पनीहरुमा सेवाको लागि आवेदन गर्न समय अनुकूल रहेको छ।

कुम्भ राशि 

दाम्पत्य जीवनमा समस्या आउन सक्छ। जीवनसाथीसँग मनमुटाव हुने सम्भावना रहेको छ। ससुराली पक्षसँग राम्रो सम्बन्ध कायम राख्नुहोस्। कानुनी मामिलामा नपर्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। अनावश्यक वाद-विवादमा फस्न सकिनेछ, सतर्क रहनुहोस्। सरकारी क्षेत्रमा रहेका मानिसका लागि भने यो समय शुभ रहेको छ।

प्रकाशित : सोमबार, साउन ३२, २०७८२१:३७

कन्या राशिमा बुध ग्रहको राशि परिवर्तन,कन्या राशिको चम्किदैछ भाग्य !