अगस्ट महिना ग्रहहरुको चालको दृष्टिकोणबाट महत्वपूर्ण रहेको छ। सिंह राशिमा सुर्यको गोचर पछि कन्या राशिमा बुध ग्रह परिवर्तन हुन् जादैछ। बुधको राशि परिवर्तनले सबै राशिमा प्रभाव पर्ने भएको छ। पञ्चाङ्गको अनुसार यहि २६ अगस्ट २०२१ बाट बिहीबार, भाद्रपद महिनाको कृष्ण पक्षको चतुर्थी तिथिमा बुध सिंहलाई छोडेर कन्या राशीमा प्रवेश गर्नेछ।
बुध कन्या राशिमा परिवर्तन हुने भएको हो। त्यसैले यस राशि परिवर्तनको असर कन्या राशिमा पर्ने भएको हो। कन्या राशिमा बुध ग्रह उच्च हुने गर्दछ। कन्या राशिको लग्न कुण्डलीमा बुध दशौ अर्थात कर्म भवको स्वामी मानिन्छ। तसर्थ बुधको यो पारगमनले कन्या राशिको व्यक्तिलाई जागिर र व्यापार मा राम्रो सफलता दिन सक्छ। यस समयमा नयाँ जागिर को स्थिति सिर्जना गर्न सकिन्छ। तेस्तै काममा ठुलो सफलता हासिल हुने सम्भावना रहेको छ।
बुधको राशि परिवर्तनले कन्या राशिको व्यक्तिहरुलाई कर्मको आधारमा फल प्राप्त हुनेछ। त्यसैले यस समयमा कन्या राशिको व्यक्तिहरुलाई आलस्यता छाडेर आफ्नो काममा बढी प्राथमिकता दिन पर्ने समय रहेको छ। बुधको यस परागमनले युवा पुस्तामा उर्जा प्रदान गर्नेछ। कला आदिसँग सम्बन्धित व्यक्तिहरुलाई लाभ हुनेछ। व्यापार व्यवसायमा नाफाको स्थिति पनि छ। अहिलेको समयमा शुक्र ग्रह कन्या राशिमा पहिले नै बसेको थियो त्यसैले शुक्रलाई विलासी वस्तुहरुको कारक मानिन्छ। बुध भाषण, व्यापार, चिकित्सा, लेखन आदिको कारक मानिन्छ।