कारवाही रोक्न माधव नेपाल पक्षमा दुई सासंद संसद् सचिवालयमा !

काठमाडौँ – नेकपा एमालेले कारवाही गरेका सांसदहरुले आफूहरुलाई गरिएको कारवाही अवैधानिक भएको दावी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका १४ सांसदहरुले आफूहरु माथि गरिएको कारवाही अवैधानिक भएको दावी गरेका हुन्।

कारवाहीमा परेका सांसदहरुले संसद् सचिवालयसहित निर्वाचन आयोगलाई पत्र लेखेर अवैधानिक र दुरासयपूर्ण रहेको कारवाहीलाई वैधानिकता नदिने आग्रह गरेका छन्।

एमालेले पठाएको पत्रका अधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन १४ सांसदहरुको आग्रह छ।

पत्रमा भनिएको छ,”२०७८–०५–०१ गते नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले संघीय संसद् सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौँ”

१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेको बताइएको छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१४:४८

माधव नेपालको नयाँ पार्टीमा भीम रावल, योगेश, गोकर्ण नजाने, यी पूराना नेताले पनि छाडे साथ !