मानुषी लघुवित्तको आइपिओ प्री अलोटमेन्ट सकियो, कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आइपिओ)को बाँडफाँड अर्को हप्ता हुने भएको छ। आईपीओ प्री अलोटमेन्टको कार्य बिहिबार सम्पन्न भएसँगै बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आइपिओको बाँडफाँड अर्को हप्ता गर्ने भएको हो।

आइपिओका लागि परेका आवेदनहरुको प्री अलोटमेन्ट बिहिबार सम्पन्न भएको र फाइलहरु आवश्यक प्रक्रियाका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड पठाइएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ।

बोर्डबाट अनुमति प्राप्त भएलगतै आइपिओ बाँडफाँड गर्ने बिक्री प्रबन्धकको तयारी छ। बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार अर्को हप्ता आइतबार-सोमबार सम्म आइपिओ बाँडफाँड हुन सक्छ। ढिलामा सोमबार सम्म बाँडफाँड गरिसक्ने तयारी बिक्री प्रबन्धकको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका सर्वसाधारणमा बाँडफाँड गरिनेछ।

कम्पनीको आइपिओका लागि २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ता आवेदन परेको बताइएको छ। बाँडफाँड हुँदा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले आइपिओ पाउनेछन्।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१८:००

आज जनै पूर्णिमाको दिन घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै ?