आज जनै पूर्णिमाको दिन घट्यो सुनको भाउ, कतिमा कारोबार हुँदै ?

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आज जनै पूर्णिमाको दिन ३ सय रुपैयाँले घटेको हो। आइतबार छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै घटेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार तेजाबी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

भदौ महिना लागेसँगै सुनको भाउ लगातार घटबढ हुँदै आएको छ। भदौ एक गते ९१ हजार कायम भएको छापवाला सुनको मूल्य २ गते ९१ हजार २ सय, ३ गते ९० हजार ८ सय र ४ गते ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य भदौ एक गते ९० हजार ५ सयमा कारोबार भएको थियो भने २ गते ९० हजार ७ सय, ३ गते ९० हजार ३ सय र ४ गते ९० हजार ७ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेसंगै चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेर ११ सय ८० रुपैयाँमा कायम भएको छ। शुक्रबार चाँदी ११ सय ९५ मा कारोबार भएको थियो।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८११:३२

हिजो घटेको सुनको मूल्य आज बढ्यो !