हिजो घटेको सुनको मूल्य आज बढ्यो !

काठमाडौँ – हप्ताको पहिलो दिन घटेको सुनको मूल्य आज बढेको छ। आइतबार तोलामा ३ सय रुपैंयाँले घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ६ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य कति ?

आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले बढेर ११ सय ९० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१०:५३

मानुषी लघुवित्तको आइपीओ: २३ लाखको हात खाली, ३ भाग्यमानीले पाए ११ कित्ता!