मेस्सी खेलेको दिन नेयमार पनि खेल्ने, तर आज दुवै नखेल्ने !

एजेन्सी – फ्रेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन(पिएसजी)ले शुक्रबार राति ब्रेस्ट विरुद्ध खेल्दै छ। सिजनको तेस्रो खेलमा पिएसजीले ब्रेस्टको सामना गर्न लागेको हो।

खेल ब्रेस्टको घरेलु मैदानमा नेपाल समय अनुसार १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। शुक्रबार राति हुने खेलमा पिएसजी सिजनको तेस्रो जितको खोजिमा हुनेछ भने ब्रेस्ट सिजनको पहिलो जितको खोजिमा हुनेछ। पिएसजीले यस अगाडीमा दुवै खेल जित्दा ब्रेस्टले दुवै खेलमा बराबरी खेलेको छ।

मेस्सी र नेयमार खेल्लान् ?

शुक्रबार राति हुने खेलमा बार्सिलोनाबाट फ्री ट्रान्सफरमा पिएसजी पुगेका लियोनेल मेस्सी खेल्छन् वा खेल्दैनन् भन्नेमा सबैको चासो छ। अन्तराष्ट्रिय खेल मिडिया ‘गोल’का अनुसार आजको खेलमा मेस्सी हुनेछैनन्। कोपा अमेरिका पछि छुट्टै मनाएर फर्किएपछि पिएसजी पुगेका मेस्सी प्रशिक्षणमै छन्। मेस्सीलाई मैदानमा तत्काल उतार्ने कुनै पनि योजना प्रशिक्षक मौरिसियो पोचेटिनो नरहेको गोल दावी गर्छ।

नेयमार स्क्वाडमा पर्लान् ?

गोलका अनुसार आजको खेलमा नेयमार पनि खेल्ने सम्भावना छैन। नेयमार पनि हाल प्रशिक्षणमै रहेको र उनी पनि केहि समय पछि मात्र पिएसजीको टोलीमा समावेश हुने गोलको दावी छ। चर्चामा आएको खबर अनुसार, मेस्सीको डेब्यूको दिन नेयमार पनि खेल्न सक्नेछन्।

ब्रेस्ट विरुद्धको खेलमा पोचेटिनोले स्ट्रास्बर्ग विरुद्ध खेलेकै टोलीलाई दोहोर्याउने सम्भावना छ। तर आजको खेलमा एन्जल डि मारिया, मार्को भेराटी र मार्क्विन्होस हुनेछन्। त्यस्तै आजको खेलमा क्लबका नयाँ गोलरक्षक जियानलुइजी डोन्नरुम्माले पनि खेल्न सक्नेछन्।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१०:१९

रियल म्याड्रिड र एम्बाप्पे: रियलको ड्रेसिङ रुममा उत्साह !