अनेक समस्याको रामवाण हो ज्वानो, मात्रै एक चम्चाले गर्छ कमाल !

काठमाडौँ । ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाद्य विशेषज हरुले “नेगेटिव कैलोरी फूड” मा गणना गर्दछन् यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहने हरुले यसको झोल खाने गर्दछन् ।

यसलाई गाउँघरमा विषेश गरी सुत्केरी महिलालाई खान दिने गरिन्छ । कारण यसले जीउ दुखाई निको बनाउनुुका साथै दुध उत्पादनमा सघाउने मान्यता छ । ज्वानोको त्यसबाहेक अन्य पनि धेरै फाइदा छन् । आज हामी ज्वानोको उपयोगिता र फाइदाबारे जानकारी गराउँदै छौँ ।

१. कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सख्खर दुबै बराबर राम्ररी मिसाएर विहान–वेलुका तातोपानी सँग १–१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

२. नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

३. रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

४. घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सख्खर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।

५. शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सख्खर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान–बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८२०:०२

खयरले मर्के, ठोक्किएको निको बनाउने मात्र नभई पेट किरा समेत मार्छ ! कसरी गर्ने प्रयोग ?