एकाएक दुई सपना चकानाचुर: मिसन एम्बाप्पेमा हार खायो रियल म्याड्रिडले, हालाण्ड ट्रान्सफर पनि नहुने !

स्पेनिस क्लब रियल म्याड्रिडले पीएसजी युवा स्टार किलियन एम्बाप्पे अनुबन्ध गर्ने चर्चा चलिरहँदा अब भने उक्त ट्रान्सफर नहुने सम्भावना बढी रहेको केहि रिपोर्टहरुले जनाएका छन्। गत शुक्रबार ब्रेस्ट विरुद्ध ४-२ को जीत निकाल्ने क्रममा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए।

फ्रेन्च क्लबसँग रहेको सम्झौताको अन्तिम वर्षमा प्रवेश गरिसकेको अवस्थामा विश्व विजेता एम्बाप्पेले क्लबसँग सम्झौता नवीकरण गर्ने कुनै इच्छा देखाएका छैनन्। क्याडेना कोपेमा ‘टिएम्पो डे जुएगो’ को रिपोर्ट अनुसार एम्बाप्पेलाई अनुबन्ध गर्नको लागि यो सिजन असम्भव रहेको रियल म्याड्रिडले स्वीकार गरेको छ।

मिसन एम्बाप्पे सफल नभएको खण्डमा डर्टमण्ड स्टार एर्लिंग हालाण्डतर्फ मोडिने योजना बनाएको रियलको प्लान बी पनि सफल नहुने देखिएको छ। हालाण्डका एजेन्ट मिनो रायोलाले कमिसनको रूपमा ठूलो रकम माग गरेपछि म्याड्रिडको हालाण्ड भित्र्याउने सपना पनि चकनाचुर भएको देखिन्छ।

उक्त रिपोर्टमा भनिएको छ,”रियल म्याड्रिडले यस समरमा एमबाप्पेलाई हस्ताक्षर गर्न लगभग असम्भव देखेको छ र एजेन्ट मिनो रायोलाले मागेको कमिशनको कारण उनीहरु एर्लिंग हालाण्डलाई अनुबन्ध गर्ने प्रयास गर्ने विचारमा छैनन्।” रियलले एम्बाप्पे अब क्लबमा पीएसजीले फ्रेन्च स्टारलाई नचाहेको खण्डमा मात्र आउने सोचेको हार मानिसकेको छ।

पीएसजीले लियोनल मेस्सीलाई अनुबन्ध गरे पनि एम्बाप्पेले क्लब छाड्ने संकेत भने लगातार दिइरहेका छन्। रियल म्याड्रिड प्रशंसनको एम्बाप्पेलाई म्याड्रिड जर्सीमा हेर्ने सपना कम्तीमा यो सिजन पूरा नहुने सम्भावना उच्च देखिन्छ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१५:०४

मेस्सी ट्रान्सफरप्रति डिपाएको असन्तुष्टि- “मेस्सीसँग खेल्ने ठूलो सपना थियो तर हाई पनि भन्न पाइन”