२०१३ सालमा फिल्म शुद्ध देसी रोमान्सबाट बलिउडमा कदम राख्ने अभिनेत्री वाणी कपूरलाई नचिन्ने कमै होला। दिवंगत अभिनेता सुशांत सिंह राजपुतसँग अभिनय सुरुवात गर्ने वाणीले कहिले पनि पछि पर्खेर हेर्नुपरेन। उनले ठुला ठुला अभिनेतासँग काम गरिसकेकी छन्। रणवीर सिंहसँग ‘बेफिक्रे’ होस् वा ऋतिक रोशनसँग ‘वार’, वाणीको आफ्नो अभिनय यात्रा चलिरहेको छ। वाणी अब अक्षय कुमारसँग ‘बेल बटम’ फिल्ममा काम गर्दैछिन्। तर कमैलाई थाहा छ कि उनको बलिउडमा कुनै नाता छैन। उनी फिल्ममा आउनुभन्दा पहिला होटलमा काम गर्थिन्। आज उनी ३३ औँ जन्मदिन मनाईरहेकी छन्। थाहा पाउनुहोस् वाणीले दिल्लीबाट बी-टाउनसम्मको यात्रा कसरी गरिन्।
वाणीको जन्म २३ अगस्ट १९८८ मा दिल्लीमा भएको थियो। उनको पिता शिव कपूर दिल्लीमा फर्नीचर एक्सपर्ट हुन्। जबकी उनको आमा डिम्पी कपूर मार्केटिंग एग्जीक्यूटिको रुपमा काम गर्छिन्। वाणी कपूरले आफ्नो पढाई दिल्लीबाट गरेकी हुन्। वाणी कपूरले इंदिरा गांधी नेशनल ओपन यूनिवर्सिटीबाट टूरिज्मम ब्याचलर डिग्री हासिल गरेकी हुन्। उनले टूरिज्मको पढाईपछि जयपुरको ओबेराय होटल्स एन्ड रिजर्टमा इन्टर्नशिपमा पनि काम गरिन्।
वाणीले होटलको काम छोडेर मोडलिंगमा आफ्नो अलग पहिचान बनाउन सुरु गरिन्। उनले चर्चित फेशन डिजाइनरको लागि र्याम्प वाक गरिन् र टेलिभिजन विज्ञापनमा अभिनय गर्ने मौका पाईन्। वाणीले करियरलाई अझ राम्रो बनाउन थुप्रै अडिशन दिईन्। त्यसपछि उनलाई शुद्ध देसी रोमान्समा काम गर्ने मौका मिल्यो। यस फिल्मको लागि उनलाई फिल्मफेयर बेस्ट डेब्यू अवार्ड पनि मिलेको थियो। वाणी प्राय सामाजिक सञ्जालमा एक्टिव रहन्छिन् र फोटो शेयर गरिरहन्छिन्।