रसियामा यस्तो अवस्थामा देखा पर्ने सलमान खान, चिन्ने गाह्रो भयो !

सुपरहिट फिल एक था टाइगरको तेस्रो पार्ट ‘टाइगर ३’ को छायांकन सुरु भएको छ। चलचित्रमा सलमान खान र कट्रिना क्याफ मुख्य भूमिकामा देखिनेछन्। त्यस्तै, टाइगर अर्थात् सलमानको अपोजिटमा इमरान हासमी देखा पर्ने छन्।

२०१२ मा ‘एक था टाइगर’ को सिक्वेल ‘टाइगर जिन्दा हे’ २०१७ मा रिलिज भएको थियो। दुबै चलचित्र ब्लकबस्टर साबित भएका थिए। यसअघिका दुबै भाग दर्शकले निकै रुचाएपछि सलमानले उक्त सिरिजको तेस्रो भागमा ल्याउने भएका हुन्। सलमानको मुख्य भूमिका रहेको यो चलचित्रको छायांकन रसियाबाट सुरु गरिएको छ। चलचित्रको छायांकनका लागि केही दिन अगाडि नै सलमान र नायिका कट्रिना क्याफसहित चलचित्रको टोली रसिया उडेको थियो ।

रसियामा चलचित्रको छायांकन सुरु भएसँगै सलमान खानको लुक्सको पनि खुब चर्चा भइरहेको छ। हालै मात्र सलमानको लुक्स सामाजिक सञ्जालमा बहिरिएको छ। जससँगै उक्त तस्बीर अहिले जताततै भाइरल भएको छ। सार्वजनिक भएको सलमानको लुक्स हेर्दा उनलाई ठम्याउनै निकै कठिन पर्छ। उनी लामो दाह्री र जुंगामा देखिएका छन्।

निष शर्माको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रमा लमान ‘र’ एजेन्टको भूमिकाका देखिदैछन्।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१२:३५

बिना मेकअप नै यति सुन्दर छन् यी बलिउड अभिनेत्री, हेर्नुहोस् तस्विरसहित !