पूर्व लिभरपुल स्टार जोसे एनरिकेले यदि फ्रेन्च स्टार किलियन एम्बाप्पे आफ्नो पूर्व क्लब लिभरपुलसँग अनुबन्ध भए भने आफू इन्स्टाग्राममा लाइभ आएर नां-गै स्विमिंग पूलमा हाम फाल्ने बताएका छन्।
पीएसजीमा २०२२ सम्म मात्र सम्झौता रहेका २२ वर्षीय स्ट्राइकरको भविष्य अहिले चर्चाको विषय बनेको छ। क्लबसँग थप सम्झौता नवीकरण पनि गर्न नमानेका एमबाप्पेले २०२२ मा फ्रान्स छाड्ने पक्का जस्तै देखिन्छ। यहि सिजन मात्र पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीलाई क्लबमा भित्र्याएको पीएसजी एम्बाप्पेलाई लामो समयसम्म क्लबमा राख्न आतुर देखिन्छ तर नयाँ सम्झौतामा एम्बाप्पेलाई बाध्न नसकेको खण्डमा अर्को सिजन फ्रीमा गुमाउने डरले यहि सिजन बेच्न बाध्य पनि हुनसक्छ।
विश्व विजेता एम्बाप्पे रियल म्याड्रिड जाने सम्भावना उच्च रहेको बताइन्छ तर एक रिपोर्टका अनुसार नाम नखुलेको प्रिमियर लिग क्लब पनि एम्बाप्पेलाई क्लबमा भित्र्याउन प्रयास गर्दैछ। आरएमसीको एक रिपोर्टका अनुसार पीएसजीले एम्बाप्पेलाई ५ वर्षीय नयाँ सम्झौता पनि प्रस्ताव गरेको छ। तर एम्बाप्पेले उक्त अफर स्वीकार गरेका छैनन्।
एनफिल्डमा ५ वर्ष बिताएका एनरीकेले लिभरपुलमा एम्बाप्पेको सम्भावित स्थानान्तरणको बारेमा आफ्नो उत्साहलाई रोक्न सकेनन्। ३५ वर्षीय स्पेनिसले इन्स्टाग्राममा लेखे,”यदि लिभरपुलले एम्बाप्पेलाई अनुबन्ध गर्यो भने म इन्स्टाग्राममा लाइभ आएर नां-गै स्विमिंग पूलमा हाम फाल्नेछु।”