एम्बाप्पेलाई पिएसजीको मिलियन युरोले दिन नसक्ने विशेष खुशी दिँदै रियल म्याड्रिड !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड ५ सय ५९ दिन पछि लालिगा खेलको लागि सेन्टियागो बर्नब्यु फर्कँदै छ। भौतिक सुधारका लागि बन्द भएको सेन्टियागो बर्नब्युमा रियलले सेल्टा भिगोसँग सेप्टेम्बर ११ मा खेल्नेछ।

नयाँ सेन्टियागो बर्नब्युमा फिर्ता हुँदा रियल म्याड्रिडसँग एक नयाँ स्टार पनि हुन सक्नेछन्। रियलले नयाँ खेलाडी किलियन एम्बाप्पेलाई नयाँ सेन्टियागो बर्नब्युमा प्रस्तुत गर्न सक्ने सम्भावना रहेको छ।

एम्बाप्पे रियल म्याड्रिडका ठूलो फ्यान पनि हुन्। विभिन्न अवसरमा उनले रियल म्याड्रिड प्रतिको आकर्षण र प्रेम दर्साइसकेको अवस्था छ। यदि सबै राम्रो गएको खण्डमा एम्बाप्पे रियल म्याड्रिडमा हुनेछन् र उनलाई नयाँ सेन्टियागो बर्नब्युमा प्रस्तुत गरिनेछ। उक्त पल पक्कै पनि एम्बाप्पेका लागि विशेष रहनेछ। नयाँ सेन्टियागो बर्नब्युमा प्रस्तुत हुन पाउनु एम्बाप्पेका लागि पिएसजीले दिने मिलियन युरो भन्दा बढी हुनेछ।

एम्बाप्पेले पेरिस सेन्ट जर्मन(पिएसजी)मा सम्झौता थप नगर्ने भएसँगै उनलाई भित्र्याउन रियल म्याड्रिडले भित्र-भित्रै तयारी गरिरहेको छ। केहि दिन अगाडी मात्रै रियलले एम्बाप्पे अनुबन्ध गर्न पिएसजीसँग सम्पर्क गरेको खबर आएको थियो। तर, रकम कम भएको भन्दै पिएसजीले रियलको प्रस्ताव अस्विकार गरेको थियो।

एम्बाप्पेले पिएसजी छाड्नेमा पिएसजी बल्ल स्पष्ट

पिएसजीका खेल निर्देशक लियोनार्डोले एम्बाप्पे पिएसजी छाड्ने पक्षमा रहेको स्वीकारेका छन्। साथै एम्बाप्पे ट्रान्सफर प्रकरणमा बोल्दै लियोनार्डोले पिएसजी किनेको भन्दा कम मूल्यमा एम्बाप्पेलाई बिक्री नगर्ने स्पष्ट पनि पारेका छन्। लियोनार्डोको भनाईसँगै पिएसजी एम्बाप्पेलाई १ सय ८० मिलियन युरो भन्दा कम रकममा बिक्री गर्ने मनस्थितमा नरहेको स्पष्ट भएको छ।

अझ ठूलो अफरको तयारीमा रियल

१ सय ६० मिलियन यूरोको प्रस्ताव पिएसजीले अस्विकार गरेपछि नयाँ प्रस्ताव गर्ने तयारीमा रियल छ। लियोनार्डोको नयाँ भनाईले पिएसजीले एम्बाप्पेका लागि कति चाहेको हो भन्ने लगभग स्पष्ट भएको छ। यसैलाई आधार बनाएर ठोस प्रस्ताव गर्ने तयारी रियलको छ। ट्रान्सफर मार्केटका जानकारीहरुका अनुसार अब पिएसजीले अस्विकार गर्न नसक्ने गरी नयाँ प्रस्ताव गर्ने रियलले योजना बनाएको छ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१३:५२

रोनाल्डोका लागि सिटीले एक पैसा पनि खर्च नगर्ने, सित्तैमा पाए मात्र किन्ने !