सोल्सारले रोनाल्डोको वफादारी माथि उठाए यस्तो प्रश्न

जारी ट्रान्सफर विन्डोमा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर सिटीमा सामेल हुन सक्ने भन्ने अटकलहरुका बीच वर्तमान म्यानचेस्टर युनाइटेड प्रशिक्षक ओले गनर सोल्सारले यसबारे प्रतिक्रिया दिएका छन्। इटालीका विभिन्न रिपोर्टका अनुसार प्रिमियर लिग च्याम्पियन सिटीले रोनाल्डोलाई २ वर्षीय सम्झौता प्रस्ताव गरेको छ।

समर ट्रान्सफर विन्डो समाप्त हुनको लागि केहि दिनको मात्र समय रहँदा रोनाल्डोको भविष्यले अहिले निकै चर्चा पाइरहेको छ। केहि रिपोर्टहरुलाई आधार मान्ने हो भने रोनाल्डो र सिटी बीच व्यक्तिगत रूपमा समहति समेत भइरहेको बताइन्छ। रोनाल्डो सिटीमा सामेल हुने चर्चा चलेसँगै ३६ वर्षीय स्ट्राइकरको पूर्व क्लब म्यानचेस्टर युनाइटेडका समर्थकले उनको खुबै आलोचना भइरहेको छ।

यसबारे युनाइटेडका मुख्य प्रशिक्षक सोल्सारले बोल्दै युनाइटेडप्रति रोनाल्डोको वफादारीमा प्रश्न चिन्ह उठाएका छन्। उनले भने,”यदि मैले युनाइटेडका लागि खेल्दै छु र सिटीले मलाई अनुबन्ध गर्न कोशिस गर्यो भने र यदि म विपक्षी क्लबमा प्रस्थान गरें भने मेरो वफादारी कता गयो ?”

https://twitter.com/i/status/1430803904611160065

“वफादारी मेरो लागि निकै महत्वपूर्ण कुरा हो। वर्षौं युनाइटेडका लागि खेलेको खेलाडी सिटी जानु भनेको मेरो लागि ठिक हैन। मलाई थाहा छ हामी व्यावसायिक हौँ। तर मेरो नजरमा जसले युनाइटेडका लागि खेलेको छ उसले सिटीका लागि खेल्नु हुँदैन। मैले नाम त लिन्न तर मैले भन्न खोजेको कुरा तपाईंले बुझ्नु भयो होला,” सोल्सारले भने।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१४:५८

मेस्सीको आगमन पछि एकाएक फेरिए एम्बाप्पे !