अन्ततः पूरा हुने भयो एमबाप्पेको रियलबाट खेल्ने बच्चै देखिको सपना !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने सम्भावना बलियो भएको छ । रियल र पिएसजी ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको बताइएको छ ।

रियलले पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पिएसजी उनलाई बेच्न तयार भएको जनाएको छ । यसमा एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन गरेको आग्रहले पनि भूमिका खेलेको बुझिन्छ । यसअघि १ सय ६० मिलियन प्रस्ताव गरेको रियलले पछिल्लो पटक १ सय ७० मिलियन युरो प्रस्ताव गरेको छ ।

एमबाप्पेको रियलबाट खेल्ने बच्चै देखिको सपना पूरा हुने सम्भावना बलियो देखिएको छ । शुक्रबार नै उनको सरुवाको घोषणा हुने सम्भावना छ । विश्वकप विजेता एमबाप्पे अन्तर्राष्ट्रिय विश्राम अघि नै रियलमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

पिएसजीका अध्यक्ष नासिर अल खालिफाले च्याम्पियन्स लिगको समूह विभाजनपछि एमबाप्पेका कारण परिस्थिति असहज भएको बताएका थिए । यद्दपी उनले एमबाप्पेले पिएसजी छाड्ने चर्चा अस्वीकार गरेका थिए । रियलले भने सरुवा बजारको नियम अनुसार नै सबै काम भइरहेको विश्वास गरेको छ ।

एमबाप्पे आफै पनि चाँडो भन्दा चाँडो रियलमा आबद्द हुन चाहन्छन् । त्यसका लागि पिएसजी पनि अन्ततः तयार भएको विश्वास गरिएको छ । यदि रिम्सविरुद्ध हुने लिग वानको खेलअघि एमबाप्पेको सरुवा घोषणा भएन भने सायद माउरिसियो पोचेटिनोको टोलीमा उनी हुने छैनन् ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१३:१३

पुनः बार्सिलोनाको रामधुलाई गर्ने दाउमा बार्यन म्युनिख, पीएसजी र सिटी एकै समूहमा !