‘आइपिओ’ बाटै कपाल का-ट्ने प्रहरी जवानले २ महिनामै कमाए २ लाख-एसपी बोगटी!

काठमाडौँ, पछिल्लो समय  विद्यार्थी, युवा र अन्य थुप्रै मानिसहरुको लागि प्राथमिक  शेयर (आइपिओ) निकै लोकप्रिय बन्दै गएको छ।

पछिल्लो समय जुनसुकै कम्पनिको आइपिओ खुले पनि  करिब २४ लाखले शेयर भर्ने गरेका छन्। यसरी आइपिओ भर्नेको धेरै हुदा शेयर  हात पार्नेको संख्या भने ज्यादै न्यून हुने गरेको छ । तर पनि यसबाट  थुप्रै मानिस लाभान्वित भएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थुप्रै प्रहरी जवानहरुमा आइपिओको मोह बढेको छ ।

प्रहरी जवानहरुमा आइपिओको मोह बढ्नुमा करिब ३ महिना अगाडी प्रहरी प्रमुख भएर स्याङ्जा गएका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको हात रहेको छ।

बोगटीले नै त्यहाँका प्रहरी कर्मचारीलाई डिम्याट खाता अनिवार्य खोल्न निर्देशन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ४  सयभन्दा बढी प्रहरी कार्यरत छन्। जसमध्ये ७५ प्रतिशतरीले डिम्याट खाता खोलेका छन् ।  शेयर भरेर नै प्रहरी कर्मचारीको कपाल का-ट्ने प्रहरी जवान तस्मिन पुन मगरले दुई महिनामा ५१ हजार कमाएका थिए भने परिवार सबैको सेयर खरिद-बिक्री गरेर २  लाख रूपैयाँ कमाए ।

स्याङ्जा गएपछि बोगटीले  अर्थोपार्जनका लागि प्रहरी कर्मचारीलाई सेयर भर्न प्रोत्साहित गरिएका हुन्। साथै उनले जुनियर प्रहरी कर्मचारी  धेरै जनाको तलब कम भएको हुदा शेयरबाट हुने आम्दानीले उनीहरुलाई आर्थिक लाभ हुने बताएका छन्। बोगटीले सेयरको विषयमा कक्षा लिनका लागि दुई प्रहरी निरीक्षक समेत खटाएका छन्।

प्रकाशित : शनिबार, भदौ १२, २०७८१२:४७

तेह्रथुम पावर कम्पनीमा ४२ गुणा बढी आवेदन, २२ लाखभन्दा बढीको हात खाली!