तेह्रथुम पावर कम्पनीमा ४२ गुणा बढी आवेदन, २२ लाखभन्दा बढीको हात खाली!

काठमाडौँ, गत भदौ ९ देखि १३ गते (आज) सम्मका लागि खुलेको तेह्रथुम पावर कम्पनी (आईपीओ) को लागि माग गरिए भन्दा ४२ गुणा बढी आवेदन परेको छ। बिक्री खुला भएको दिनमा नै माग भन्दा १० गुणा बढी आवेदन परेको कम्पनीको आईपीओका लागि २३ लाख ५७ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यस कम्पनिमा आवेदकहरुको संख्या यति धेरै  भए पनि जम्मा ८० हजारलाई मात्रै आईपीओ पर्नेछ । आवेदन भरेका मध्ये  २२ लाख भन्दा बढीको हात खालि हुनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीयवासीलाई रु चार करोड र सर्वसाधारणलाई रु आठ करोड बराबरको आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु ४० करोड हुनेछ ।

प्रकाशित : आइतबार, भदौ १३, २०७८१९:२७

भदौ महिना कै महँगो भएको सुनको भाउ ३ दिन देखि स्थिर, कति ?