म्यानचेस्टर युनाइटेड दिग्गज रोए किनले सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ओल्ड ट्राफर्डमा स्वागत त गरेका छन् तर रोनाल्डोको आगमन पश्चात पनि क्लब कुनै पनि उपाधिको दाबेदार रहनेमा उनलाई शंका रहेको छ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै किनले रोनाल्डो ट्रान्सफर म्यानचेस्टर र प्रिमियर लिग दुबैका लागि उत्कृष्ट हुने र उनले आफ्नो पूर्व क्लबको आक्रमण पङ्क्ति अझै बलियो र उत्कृष्ट बनाउने बताएका छन्। “पछिल्ला केहि दिन देखि जब रोनाल्डो ट्रान्सफरको चर्चा सुरु भयो, यो क्लबका लागि, समर्थक र लिगका लागि पनि राम्रो कुरा हो,” उनले भने,”मलाई कुनै शंका नै छैन कि उनी अझै पनि विश्व स्तरीय खेलाडी हुनेछन्।”
रोनाल्डोले क्लबका हरेक सदस्यको मानसिकता परिवर्तन गर्नेमा पनि उनी विश्वस्त रहेका छन्। रोनाल्डो रेड डेभिललाई हरेक उपाधि जिताउने मानसिकताका साथ क्लबमा आएको र उनले क्लबको ड्रेसिंग रुमामा सोहि मनासिकता ल्याउने पनि किनले बताए। तर पनि रोनाल्डोको आगमन पश्चात पनि म्यानचेस्टर युनाइटेडले २०१३ पछि पहिलो पटक प्रिमियर लिग जित्ने सपना पूरा गर्नेमा शंका रहेको उनी बताउँछन्।
"He'll bring a winning mentality to the dressing room" ⭐
Roy Keane is pleased to see Cristiano Ronaldo back at Manchester United 💪
📺 Super Sunday on Sky Sports Premier League pic.twitter.com/SCj3BvlQCL
— Sky Sports Premier League (@SkySportsPL) August 29, 2021
क्लबका पूर्व कप्तानले म्यानचेस्टर युनाइटेडको दुई कमजोर पक्ष देखाउँदै क्लबलाई रोनाल्डो भएता पनि उपाधि जित्न निकै कठिन हुने बताएका हुन्। रोनाल्डो हुँदा होस् वा नहुँदा होस् युनाइटेडमा मिडफिल्ड र गोलकिपरको क्षेत्रमा समस्या हुने उनको ठहर रहेको छ। किनले भने,”रोनाल्डोले ड्रेसिंग रूपमा जितको मानसिकता ल्याउउने छन् तर मलाई शंका छ कि रोनाल्डो क्लबका लागि ठूला उपाधि जिताउन कुनै भिन्नता बन्न सक्छन्। मैले क्लबमा धेरै सकारत्मक चीज देखेको छु। तर पनि मलाई एक सेकेण्डको लागि पनि लाग्दैन कि यो क्लबले लिग उपाधि जित्नेछ।”