क्लबका युवा सेनसेसन किलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिड प्रस्थान गर्न निकै नजिक रहेको बताउँदै गर्दा पीएसजीले ब्याकअप प्लानको रूपमा बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्डलाई भित्र्याउने तयारी गरेको छ।
फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे रियल म्याड्रिडसँग आवद्ध हुने सम्भावना निकै उच्च रहेको समयमा क्लबले उनको स्थानमा हालाण्ड भित्र्याउने प्रयास गर्ने बुझिएको छ। द टेलीग्राफको एक रिपोर्टका अनुसार लिग १ क्लबको एम्बाप्पेलाई प्रतिस्थापन गर्नले खेलाडीको रूपमा नर्वेजियल गोल स्कोरिंग मेसिन हालाण्ड माथि नजर रहेको छ।
२२ वर्षीय स्ट्राइकरका लागि रियल म्याड्रिडले दोस्रो पटक १७० मिलियनको बिड गरेसँगै पेरिस क्लबले डर्टमण्ड स्टारका एजेन्ट मिनो रायओलालाई हालाण्डको सम्भावित ट्रान्सफरको बारेमा बुझ्न सम्पर्क गरेको छ। २०२० को जनावरीमा रेडबुल साल्सबर्जबाट जर्मन क्लब आएका २१ वर्षीय फरवार्डको रिलिज क्लज ६४ मिलियन रहेको छ तर उक्त क्लज २०२२ समरबाट मात्र मान्य हुनेछ।
जसको कारण उनलाई क्लबमा भित्र्याउनका लागि पीएसजीले जर्मन क्लबको माग अनुसारको रकम तिर्नु पर्ने हुन्छ, सम्भवत रियल म्याड्रिडले एम्बाप्पेको लागि तिरेको रकम भन्दा बढी पनि तिर्नु पर्ने हुनसक्छ। डर्टमण्डले जारी ट्रान्सफर विन्डोम उनीहरुको स्ट्राइकिंग सेन्सेसन बेच्ने कुनै सुझावलाई अस्वीकार गरेको छ र ट्रान्सफर विन्डोको अन्तिम चरणमा हालाण्ड किन्ने पीएसजीको कुनै पनि प्रयास बुन्डेसलिगा क्लबले सकारात्मक रूपमा लिने देखिँदैन।
तर जर्मन क्लबको यस्तो मनाशयले पनि पीएसजीलाई प्रस्ताव गर्न रोक्ने सम्भावना भने छैन। विशेषगरी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस राफाएल भारान र सम्भवत किलियन एम्बाप्पे स्थानान्तरण भएको अविश्वसनीय विन्डोमा जे पनि सम्भव रहेको छ।