एम्बाप्पे भित्र्याउने रियलको योजनामा ब्रेक !

एजेन्सी – युवा स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)मै रहने भएका छन्। एम्बाप्पेका लागि रियल म्याड्रिडले ट्रान्सफर विन्डोको अन्तिम दिन निर्णायक प्रस्ताव गरेपनि पिएसजीले कुनै प्रतिक्रिया नजनाएसँगै एम्बाप्पे पिएसजीमै रहन बाध्य भएका हुन्।

विभिन्न संचार माध्यमहरुका अनुसार ट्रान्सफर विन्डोको अन्तिम दिन रियल म्याड्रिडले २ सय २० मिलियनको प्रस्ताव राखेको थियो । उक्त प्रस्तावमा पिएसजीले कुनै पनि जवाफ दिएन।

पिएसजीमा एम्बाप्पेको सम्झौता अर्को वर्ष सकिँदै छ। जसकारण उनी यहि सिजन अन्यत्र जान सक्ने धेरैले अनुमान गरेका थिए। ट्रान्सफर विन्डो शुरु भएलगतै एम्बप्पेले पिएसजी छाड्ने चर्चा चलेको थियो। एम्बाप्पे आफैंले समेत पिएसजी छाड्न जोड-बल गरेको खबरहरु समेत आएका थिए।

रियलको तीन प्रस्ताव

एम्बाप्पेलाई भित्र्याउन लामो समय देखि चाहिरहेको रियल म्याड्रिडले यस ट्रान्सफर विन्डोमा तीन प्रयास गर्यो। एम्बापेलाई भित्र्याउन रियलले गरेका तीनै प्रस्ताव पिएसजीबाट अस्विकृत भए।

रियलले अघिल्लो साता १ सय ६० मिलियन युरोको प्रस्ताव गरेको थियो भने यसै साता १० मिलियन युरो थपेर रियलले प्रस्ताव गरेको थियो । त्यस्तै ट्रान्सफर विन्डोको अन्तिम दिन सोमबार २ सय २० मिलियन युरोको प्रस्ताव गरेपनि पिएसजीले एम्बाप्पेलाई बिक्री गर्न चाहेन।

प्रकाशित : बुधबार, भदौ १६, २०७८१०:२२

मेस्सी र ग्रिजमन छाडेर आक्रमण पङ्क्ति बलियो बनाउन डी योंग अनुबन्ध गर्यो बार्सिलोनाले !