बार्सिलोनाले स्टार खेलाडी एन्टोइन ग्रिजमनलाई एथलेटिको म्याड्रिड पठाउँदा गरेको डिलको विश्लेषण गरेर हेर्दा क्लबका समर्थक निकै क्रोधित भएका छन्। बार्सिलोनाले म्याड्रिडसँग गरेको सम्झौताले प्रमाणित गर्छ कि स्पेनिस महारथी क्लब बिस्तारै जोकर क्लब बन्दै गएको छ।
दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका हुन्। ग्रिजमन लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन्। भारी पारिश्रमिक लिने गरेका ग्रिजमनले क्लब गएसँगै क्लबको नाजुक आर्थिक स्थितिमा केहि राहत मिलेको छ। खराब आर्थिक स्थिति कै कारण क्लबले निवर्तमान कप्तान लियोनल मेस्सीलाई पनि गुमाउनु परेको थियो।
तर बार्सिलोनाका समर्थक लोनमा एथलेटिको प्रस्थान गरेका ग्रिजमनलाई म्याड्रिडले स्थायी रूपमा अनुबन्ध गर्नको लागि तिर्नु पर्ने रकमको बारेमा बुझेर क्रोधित भएका छन्। सन् २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना आएका फ्रेन्च स्टारलाई दुई सिजनपछि क्लबले ४० मिलियन युरोमा बेच्न तयार भएको देख्दा समर्थक निकै आक्रोशित भएका छन्।
क्लबको यस्तो ट्रान्सफरको बारेमा अहिले सामाजिक सञ्जालमा थुप्रै समर्थकले असन्तुष्टि जनाएका छन्। एक समर्थकले ट्वीटरमा लेखे,” बर्टमेउले अब लापोर्टाले क्लब ध्वस्त पार्ने भए।” दोस्रोले लेखे,”कम्तीमा ६० मिलियन माग्नु पर्थ्यो।” त्यस्तै, तेस्रा असन्तुष्ट समर्थक लेख्छन्,”हामीले उनलाई २ वर्ष अगाडी मात्र १२० मिलियनमा किनेका हौँ, के हो यस्तो यो।” अर्काले लेखे,”४० मिलियन ग्रिजमनको लागि…. हामीले त्यति त पौलिन्होलाई तिरेका थियौं।”
कतिपय समर्थकले त अब क्लबका अध्यक्ष लापोर्टाबाट आफ्नो विश्वास नै उठिसकेको पनि बताएका छन्।