“प्रिमियर लिगका साना क्लबलाई डर होला रोनाल्डोको, टप डिफेन्डरको त रौँ पनि हल्लाउन सक्दैनन्”

टकस्पोर्टका साइमन जोर्डनले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको ओल्ड ट्राफर्ड फिर्तीका बारेमा आफनो प्रतिक्रिया दिएका छन्। उनका अनुसार रोनाल्डोले प्रिमियर लिगका साना टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि ठूला टोली विरुद्ध तथा ठूला खेलमा केहि गर्न नसक्ने बताएका छन्। लिगका प्रमुख डिफेन्डरहरुको त रोनाल्डोले रौँ पनि हल्लाउन नसक्ने उनले बताए।

ह्वाइट एण्ड जोर्डन कार्यक्रममा बोल्दै क्रिस्टल प्यालेसका पूर्व अध्यक्षले रोनाल्डोले यस सिजन ‘ठूलो खेल’ मा प्रभाव पार्ने कुरामा आफूलाई शंका रहेको बताएका छन्। “रोनाल्डोले के गर्छन् भन्ने देखिनेछ,” जोर्डनले भने,”मलाई लाग्दैन कि रोनाल्डो भर्जिल भान डाइक जस्ता डिफेन्डर विरुद्ध भयानक हुनसक्छन्। उनी सायद बर्नली, ब्रेन्फर्ड, न्युकासल जस्ता साना टोली विरुद्ध आफ्नो डर फैलाउन सक्छन्।”

विश्वस्तरीय खेलाडी रोनाल्डो जस्ता ठूला खेलाडीले अझै पनि खेलको उच्च स्तरमा ठूला खेलमा आफ्नो जादू देखाउन सक्षम हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न रहेको जोर्डनले बताए। जोर्डनले रोनाल्डोको पछिल्लो लिग (सिरी ए) र प्रिमियर लिग बिचको तीव्रतामा भिन्नतालाई जोड दिँदै प्रिमियर लिगमा रोनाल्डोले इटालियन लिगमा जस्तो प्रदर्शन गर्न नसक्ने बताउँछन्।

“इटालियन लिगमा खेल्नु एक कुरा हो,” उनले भने,”मलाई थाहा छ कि उक्त लिग निकै रक्षात्मक मनस्थिति र प्राविधिक रहेको छ तर प्रिमियर् लिग जस्तो भौतिक छैन।” जसको कारण रोनाल्डोले स्टार डिफेन्डरमा आफ्नो डर फैलाउन असफल हुने उनले बताए।

प्रकाशित : बुधबार, भदौ १६, २०७८११:५४

म्याड्रिडसँग गरेको ग्रिजमन डिलले गर्यो बार्सिलोना जोकर क्लब बन्दै गएको संकेत ?