सिद्धार्थ शुक्ला र सुशान्त सिंह राजपूतबीच थियो यस्तो समानता, थियो दुईबीच मित्रता!

सिद्धार्थ शुक्ला यस संसारबाट बिदा भएपछि अब मात्र उनको यादहरु बाँकी छन्। सुशान्त सिंह राजपूत जस्तै सिद्धार्थ शुक्लाले पनि यस संसारबाट समय भन्दा पहिले नै बिदा लिएका छन् । सिद्धार्थ शुक्ला र सुशान्त सिंह राजपुतको मित्रता अचम्मको थियो भन्ने कुरा थोरैलाई थाहाछ। सिद्धार्थ (सुशांत सिंह राजपूत) को मृत्यु पछि उनीहरु दुबैको एक तस्वीर भाइरल हुन थालेको छ। यी दुबै कलाकारमा केहि समानता थियो, जुन आज हामी यस पोस्ट मार्फत कुरा गर्ने छौँ ।

फिटनेसमा चासो
सिद्धार्थ शुक्ला र सुशान्त सिंह राजपूत दुबै फिटनेसको लागी एकदमै चासो राख्थे र कडा मेहन गर्थे । सिद्धार्थ चौडा शारिर अग्ला थिए भने त्यसतै सुशान्त सुशांत सिंह राजपूत पनि नियमित रूपमा जिम जान मन पराउँछन्। दुबै कलाकारले राम्रो शरीर बनाएका थिए ।

फ्यानहरुको अपार माया थियो
दुबै अभिनेताहरु सोशल मिडियामा सक्रिय थिए र उनीहरुका आफ्ना फ्यानहरुसँग सामाजिक सञ्जालमा संवाद गर्थे र फ्यानहरुको जवाफ दिन्थे। सिद्धार्थ धरै पटक फ्यानहरुको आग्रहमा उनहरुलाई भेट्न समेत गएका थिए । सुशांत सिंह राजपूत पनि सधैँ सार्वजनिक कार्यक्रमहरुमा र सोशल मिडियामा फ्यानहरुलाई निकै प्राथमिकता दिन्थे र भेट्ने गर्थे । दुबैका फ्यानहरुको संख्या करोडमा थियो।

छोटो समयमा ठुलो लोकपप्रियता
सुशांत सिंह राजपूत र सिद्धार्थ शुक्लाले आफ्नो करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । तरपनि दुबैको अभिनयको कुरा गर्ने हो भने दुबैको अभिनय अद्भुत थियो । छोटो समयमा नै ठुलो संख्यामा फ्यान फलोइंग बनाउन् दुबै अभिनेता सफल भएका थिए । पछिल्लो समय सिदार्थ ‘बिग बोस १२’ बिजेता बनेपछि उनलाई चाडै फिल्ममा देख्न फ्यानहरु आतुर थिए ।

समय पुर्व निधन
दुबैको बीचमा सबैभन्दा दुखद र मुटु छुने कुरा के छ भने दुबै कलाकारहरु यस संसारबाट धेरै चाँडै बिदा भए। सुशान्त सिंह राजपूतले ३४ वर्षको उमेरमा संसारलाई छाडे भने, सिद्धार्थ शुक्ला ४० वर्षको उमेरमा यो संसार छोडे।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१७:५२

आमा बन्ने दिन गन्दै बसेकी छिन् प्रियंका कार्की, यस्तो पोस्टले पुनः चर्चामा !