आमा बन्ने दिन गन्दै बसेकी छिन् प्रियंका कार्की, यस्तो पोस्टले पुनः चर्चामा !

फिल्मको मात्र नभएर विभिन्न कारणले सधैं चर्चामा रहने गरकी अभिनेत्री प्रियंका कार्की सामाजिक संजालमा निकै सक्रिय छिन् । उनि अहिले आफ्नो गर्भावस्थामा रमाईरहेकी छिन्। अभिनेत्री प्रियंकाको सामाजिक संजालमा बेला-बेलामा चर्चा र आलोचना हुने गर्छ। त्यस्तै प्रियंकाले आफु गर्भवती भएको कुरा खुलासा गरेदेखि उनको चर्चा भन्दा बढी आलोचना र टिका टिप्पणी हुदै आएको छ।

उनी आमा बन्ने समय नजिकिँदै गर्दा उनले यो अवस्था निकै रमाइलोका साथ बिताइरहेकी देख्न सकिन्छ। सधैं झैँ गर्भावस्थामा पनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी छिन्। आफ्नो हरेक क्रियाकलाप तथा सुख-दुख आफ्ना प्रशंसकका साथ साझा गर्ने उनी सबैलाई खुसी पार्न कहिल्यै पनि सकिन्न भने आफ्नो आलोचना गर्नेको मुख बन्द गर्ने गरेकी छिन्।

हरेक दिन जसो केहि न केहि फोटो साझा गर्ने प्रियंका पछिल्लो समय गर्भवती भएकै कारण निकै चर्चामा छिन्। पछिल्लो समय उनले इन्स्टाग्राममा साझा गरेको पोस्टले उनी आमा बन्ने दिन गिन्ती गर्दै बसेको बुझ्न सकिन्छ। आफ्नो इन्स्टाग्राम मार्फत हरियो लुगामा बेबी बम्प देखाएको सुन्दर तस्बीर साझा गर्दै क्याप्सनमा लेखेकी छिन्,”मेरो सानोलाई आफ्नै हातमा लिने दिन गन्दै छु।”

उनको यस्तो तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

प्रकाशित : शनिबार, भदौ १९, २०७८१०:५८

मानव जीवन सस्तो भयो भन्दै संसारबाट बिदा लिए सिद्धार्थ शुक्लाले !