अमेरिकाबाट एउटा अचम्मलाग्दो समाचार आएको छ। एक २० वर्षीय व्यक्ति चोरीको एक प्र्यांक भिडियो बनाउँदै थिए। तर त्यस व्यक्तिले जसलाई ठग्दै थियो उनीहरुले उसलाई साँच्चैको चोर सम्झिए। त्यसपछि, उनीहरुले उक्त व्यक्तिलाई गो-ली प्र-हार गरे, जसको कारण उसको घटना स्थलमै ज्यान गयो।
बीबीसी समाचारका अनुसार यो घटना अमेरिकाको टेनेसीको हो। पुलिस रिपोर्टका अनुसार ज्यान गुमाएका व्यक्ति रातमा युट्यूबको लागि एउटा प्र्यांक भिडियो शूट गर्दै थिए। तर यसैबीच, जोसँग उसले प्र्यांक गर्दै थियो, उनीहरु मध्ये एकले उसलाई असली चोर सम्झेर गो’ली प्र-हार गर्यो जसको कारण उसको ज्यान जान पुग्यो।
प्रहरी रिपोर्टमा भनिएको छ कि नश्भिल प्रहरीले बेलुका ९ बजेर २५ मिनेट जाँदा एक पार्क नजिकै यो घटनाको खबर आएको थियो। त्यसपछि पुलिसको टोली घटनास्थलमा पुग्यो। पुलिस घटनास्थलमा पुग्दा २० वर्षीय टिमोथी विल्क्सको ज्यान गइसकेको थियो। गोली हान्ने २३ वर्षीय डेभिड स्टार्नेस जुनियर थिए।
डेभिड स्टार्नेसले पुलिस रिपोर्टमा आफूलाई प्र्यांक भनेर थाहा नभएको र आफ्नो ज्यान बचाउनको लागि त्यस्तो गरेको बताएका छन्। थप अनुसन्धान जारी रहेको छ।