महान ग्रह शुक्र आफ्नो कमजोर राशि कन्याको यात्रा समाप्त गरी ६ सेप्टेम्बर दिउसो १ बजेर ३ मिनेटबाट आफ्नो स्वामित्व रहेको राशि तुलामा प्रवेश गर्दैछ। यस राशिमा शुक्र अक्टुबर २ बिहान ९ बजेर ५९ मिनेटसम्म रहनेछ, त्यसपछि वृश्चिक राशिमा प्रवेश गर्नेछ। शुक्र लक्जरी जीवन, समृद्धि, जैविक संरचना, फिल्म उद्योग, भारी उद्योग, कस्मेटिक, केन्द्र वा राज्य सरकार विभागहरुमा उच्च पद दिलाउने ग्रह हो। यो वृष र तुला राशिको स्वामी ग्रह पनि हो। शुक्र ग्रह कन्या राशिमा नीच र मीन राशिमा उच्च मानिन्छ। तुला राशिमा शुक्रको प्रवेशले ५ राशिमा अत्यन्त शुभ प्रभाव पर्नेछ, यसबारे जानौं…..
कर्कट राशि
यो समय कर्कट राशिका मानिसको लागि शुभ नै रहनेछ। कुनै ठूलो कामको थालनी गर्दै हुनुहुन्छ वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने पनि यो समय उत्तम रहनेछ। महिला वर्गका लागि त यो समय झनै शुभ रहनेछ। घर तथा गाडी किन्ने तपाईंको सपना पनि यो अवधिमा पूरा हुने सम्भावना उच्च रहेको छ। आमा-बुबाको स्वास्थ्यमा भने विशेष ध्यान दिन आवश्यक रहेको छ।
कन्या राशि
शुक्र ग्रहको गोचरको प्रभावका कारण तपाईंको आर्थिक पक्ष मजबूत हुने देखिन्छ। लामो समयका लागि दिएको धन वा पैसा फिर्ता आउने सम्भावना रहेको छ। आफ्नो उर्जा शान्तिको पूरा प्रयोग गरेर काम गर्नु भयो भने उक्त कार्यमा सफलता प्राप्त गर्ने सम्भावना उच्च रहन्छ। जग्गा-जमीन सम्बन्धि समस्याको समाधान हुनेछ। कानुनी मामिलामा पनि निर्णय तपाईंको पक्षमा आउने देखिन्छ।
तुला राशि
तपाईंले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रमा पनि राम्रो सफलता हात पर्न सक्छ। राजनैतिक क्षेत्रमा तपाईं आफ्नो लक टेस्ट गर्न चाहनुहुन्छ भने यो समय उत्तम रहेको छ। विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ। शिक्षा क्षेत्रमा विशेष सफलता पाउन सकिनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिका लागि सन्तान प्राप्तिको योग रहेको छ। आकस्मिक धन लाभको सम्भावना छ ।
धनु राशि
धनु राशि भएका मानिसको लागि यो समय अनुकूल नै रहनेछ। यो समय तपाईंको लागि फलदायी रहनेछ, त्यसैले कुनै ठूला कार्य, व्यापार वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने विलम्ब नगर्नुहोस्। विवाह सम्बन्धि वार्ता सफल हुने देखिन्छ। विद्यार्थी वर्ग तथा शिक्षा क्षेत्रका मानिसको लागि यो समय अनुकूल रहनेछ। तपाईंको आर्थिक पक्ष मजबूत रहनेछ ।
कुम्भ राशि
धर्म-कर्ममा तपाईंको रुची बढ्नेछ। मित्र तथा आफन्तजनबाट कुनै प्रकारको सहयोगको आशा राख्न सकिन्छ। वैदेशिक शिक्षाका लागि प्रयास गर्दै हुनुहुन्छ भने तपाईंको लागि यो समय अनुकूल रहनेछ। वैदेशिक कम्पनीमा सेवाका लागि आवेदन दिन चाहनुहुन्छ भने पनि अवसर राम्रो नै रहेको छ। सामाजिक कार्यमा सक्रिय भएर लाग्नुहुनेछ। आर्थिक पक्ष मजबूत रहनेछ।