ब्राजिलसँगको खेलमा अवरोध भएपछि मेस्सीले भने-“के हो यस्तो, हामी खेल्दैनौं ल”

ब्राजिल र अर्जेन्टिनाबीचको खेल विवादित रूपमा रद्द भएपछि लियोनल मेस्सीको एक स्वास्थ्य अधिकारीसँग भएको कुराकानी खुलेको छ। विश्वकप छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिना बीचको खेल सुरु भएको ५ मिनेट मै रोकिएको थियो।

ब्राजिलका अधिकारिक स्वास्थ्य आधिकारी अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए। अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ। तर अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेको बताइएको छ।

जसपछि रोकिएको खेल पुनः सुचारु हुन सकेन जसको कारण खेल नै रद्द गर्नु परेको थियो। उक्त समयमा मेस्सी र ब्राजिलका स्वास्थ्य अधिकारी बीच भएको कुराकानी बाहिरिएको छ। आरएमसी स्पोर्टका अनुसार मेस्सीले भनेका थिए,”हामी यहाँ ३ दिन देखि छौं। हामी यस खेल खेल्नका लागि पर्खिरहेका थियौं, हामीलाई पहिले नै किन सूचना गरिएन ? यस्तो के हो यो ? हामी खेल्दैनौं।”

एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनहम हट्स्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो अर्जेन्टिनी टोलीमा रहेका छन् । मार्टिनेज, रोमेरो र लो सेल्सोले अर्जेन्टिनाको सुरुवाती रोजाइमा नै खेलिरहेका कारण पनि एन्भिसाले खेल रोक्न बल प्रयोग गरेको थियो । रद्द भएको खेल कुन मितिमा हुने भन्ने बारे कुनै आधिकारिक जानकारी छैन।

प्रकाशित : सोमबार, भदौ २१, २०७८१३:४१

राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरी लागे कतार !