महान् शक्तिशाली ग्रह पृथ्वी पुत्र मंगल ग्रह सेप्टेम्बर बिहान ४ बजेर ११ मिनेटबाट सिंह राशिको यात्रा पूरा गरी कन्या राशिमा प्रवेश गरेको छ। जहाँ यो २२ अक्टोबरसम्म विराजमान रहनेछ। जसपछि तुला राशिमा प्रवेश गर्नेछ। मेष र वृश्चिकको स्वामी मंगललाई कर्कटमा कमजोर र मकर राशिमा उच्च मानिन्छ। मंगल ग्रहको गोचरको प्रभाव १२ वटै राशिमा पर्नेछ….
मेष राशि
तपाईंको लागि यो समय अनुकूल रहनेछ। सरकारी क्षेत्रका मानिसको लागि समय निकै शुभ रहनेछ। तपाईंको निर्णय र कार्यहरुको सराहना गरिनेछ। स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ, तर व्यापारमा राम्रो सफलताको सम्भावना रहेको छ। सरकारी सेवाका लागि प्रयास गर्ने उत्तम अवसर रहेको छ।
वृष राशि
सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्धमा उदासीनता छाउनेछ। कार्य-व्यापारमा विशेष ध्यान दिनुहोला। परिवारका वरिष्ठ सदस्यहरु र ठूला भाइहरुसँ मतभेद पैदा हुन नदिनुहोस्। यात्रा गर्दा विशेष सावधान रहनुहोला। विद्यार्थी वर्गका लागि समय अनुकूल रहनेछ।
मिथुन राशि
पारिवारिक कलह र मानसिक तनाव निम्तिन सक्छ। तपाईंका आफ्नै मानिसहरुले षडयन्त्र गर्नेछन् र तपाईंलाई अपमानित गर्ने एउटा पनि अवसर छोड्ने छैनन्। सावधानीपूर्वक यात्रा गर्नुहोस्। वस्तुहरु चोरी हुनबाट जोगाउनुहोस्। आमा बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। जग्गा-जमीनसँग सम्बन्धित समस्याको समाधान हुनेछ।
कर्कट राशि
यो समय तपाईंको लागि वरदान भन्दा कम हुनेछैन। तपाईं जुनसुकै निर्णय लिनुहुन्छ, त्यसमा सफल हुनुहुनेछ। परिवारमा नकारात्मक स्थिति उत्पन्न हुन नदिनुहोस्। विदेशी मित्र र आफन्तहरुबाट सहयोगको अपेक्षा गर्न सकिन्छ। विदेशी कम्पनीहरुमा सेवाको लागि आवेदन गर्दा असफलताको योग रहेको छ।
सिंह राशि
तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। धेरै दिनका लागि दिइएको धन छिट्टै फिर्ता हुनसक्छ। परिवारमा कलहको स्थिति उत्पन्न हुँदा मन चिन्तित हुनसक्छ। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। व्यापार अनुबन्धको समयमा, भाषा शैली नियन्त्रणमा राख्नुहोस्, अनावश्यक कुरा नगर्नुहोस्।
कन्या राशि
तपाईंको राशिमा मंगल ग्रहको गोचरको प्रभाव मिश्रित रहनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। अनावश्यक वाद-विवादमा नपर्नुहोला। सरकारी क्षेत्रमा संलग्न रहेका मानिसले यो समयमा विशेष लाभ प्राप्त गर्नेछन्। उच्च अधिकारीहरुसँग तपाईंको सम्बन्ध बिग्रन नदिनुहोस्। आर्थिक लेन-देन गर्दा विशेष ख्याल राख्नुपर्ने देखिन्छ।
तुला राशि
तपाईंको लागि समय अनुकूल नरहला। तपाईंको स्वभावमा क्रोध र चिडचिडापन आउन सक्छ, जसको परिणामस्वरूप कार्यस्थलमा उच्च अधिकारीहरुसँगको सम्बन्धमा कटुता आउनसक्छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्। सन्तान सम्बन्धि कुराले तपाईंको मन चिन्तित रहन सक्छ। वैदेशिक यात्राको पनि सम्भावना रहेको छ।
वृश्चिक राशि
तपाईंको लागि यो समय शुभ रहनेछ। तपाईं जुनसुकै काम गर्नुहुन्छ, त्यसमा सफल हुनुहुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। सरकारी क्षेत्रका मानिसका लागि यो समय अनुकूल रहनेछ। यस अवधिमा कसैलाई धेरै पैसा नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ। गोप्य शत्रुहरुबाट बच्नुहोस्। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।
धनु राशि
कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। कुनै नयाँ कार्य सुरु गर्न चाहनुहुन्छ भने पनि यो समय तपाईंका लागि शुभ रहनेछ। सरकारको पूर्ण सहयोग रहनेछ। सरकारी कार्यमा तपाईंलाई राम्रो सफलता मिल्नेछ। शत्रु सक्रिय हुनेछन् तर पराजित हुनेछन्। विद्यार्थी वर्गका लागि पनि यो समय अनुकूल नै रहनेछ।
मकर राशि
मकर राशिका मानिसमा मंगलको प्रभाव अप्रत्याशित हुनेछ। शिक्षा-प्रतिस्पर्धामा अपेक्षित सफलता प्राप्त हुनेछ। विद्यार्थीहरुको लागि यो समय वरदान भन्दा कम हुने छैन। धार्मिक कार्यमा रुची बढ्नेछ। पुण्यका कार्यमा पनि तपाईंको संलग्नता बढ्नेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरु सफल हुने सम्भावना छ।
कुम्भ राशि
तपाईंको लागि यो समय त्यति खास नरहला। स्वास्थ्य सम्बन्धि चिन्ता रहन सक्छ। विशेषगरी आँखा सम्बन्धि चिन्ता बढ्न सक्छ। सावधानीपूर्वक यात्रा गर्नुहोस्। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। आकस्मिक धन आर्जन हुने अवसर मिल्नेछ। दिइएको पैसा पनि फिर्ता हुने अपेक्षा गरिएको छ। सम्पत्ति सम्बन्धि मामिलाहरु हल हुनेछन्।
मीन राशि
आर्थिक उन्नति र सामाजिक पद-प्रतिष्ठा बढ्नेछ। सरकारी क्षेत्रका मानिसको लागि यो समय निकै शुभ रहनेछ। यदि तपाईं चुनाव सम्बन्धि निर्णय लिन चाहानुहुन्छ, तब सफलताको योग रहेको छ। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। विवाह सम्बन्धि वार्तामा थोरै ढिलाइ हुनसक्छ। आफ्नो योजना गोप्य राखेर कार्य गर्नुहोला, सफल हुने सम्भावना उच्च रहन्छ।