जारी सिजन रोनाल्डो भन्दा मेस्सी निकै उत्कृष्ट खेल्नेछन् : किन ? यस्ता छन् ४ मुख्य कारण !

फुटबल जगत कै सर्वश्रेष्ठ मध्ये दुई खेलाडीले एकै समरमा आफ्नो क्लब परिवर्तन गरेका छन्। लियोनल मेस्सी पीएसजी प्रस्थान गर्दा रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भए। यसका साथै अब विश्व कै नजर यी दुई स्टारले नयाँ क्लबमा कस्तो प्रदर्शन गर्छन् भन्नेमा रहेको छ।

पेरिस सेन्ट जर्मेनले सायद फुटबल इतिहास कै सर्वोत्कृष्ट ट्रान्सफर विन्डोको अनुभव लिँदा धेरैको नजरमा यो सिजन प्रिमियर लिगमा सबैभन्दा उत्कृष्ट ट्रान्सफर विन्डो रह्यो म्यानचेस्टर युनाइटेडको। यस्तोमा आज हामी यो सिजन किन अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले भन्दा उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने बारेमा छलफल गर्ने छौं।

लिग १ प्रिमियर लिग भन्दा कम प्रतिस्पर्धात्मक 

गुणस्तरको मामिलामा लिग १ को आलोचना समेत हुने गर्छ। यस्तोमा कसैको दिमागमा कुनै शंका छैन कि लिग १ भन्दा प्रिमियर लिग गुणस्तर तथा प्रतिस्पर्धाको मामिलामा निकै अगाडी रहेको छ। लिगमा पीएसजीले एकक्षत्र राज गर्दै आएको छ। क्लबको वर्चस्व गत सिजन लिलले तोडेको थियो। तर यस सिजन मेस्सी, रामोस, हाकिमी, विनालडम, डोनारुमा जस्ता खेलाडी अनुबन्ध गरेको पीएसजीले लिग उपाधि नजिते निराश जनक हुनेछ। तर प्रिमियर लिगको कुरा गर्ने हो भने कम्तीमा पनि ३ देखि ४ टोलीलाई उपाधिको दाबेदार मानिएको छ।

लिग १ जित्न पीएसजी प्रमुख दाबेदार 

माथि उल्लेख गरिएको जस्तै पीएसजीले यस सिजन लिग उपाधि जित्न नसकेको खण्डमा त्यो क्लब इतिहास कै सबैभन्दा ठूलो असफलता हुनेछ। तर म्यानचेस्टर युनाइटेडको खण्डमा रोनाल्डो, भारान र सान्चो जस्ता खेलाडीको आगमनपछि पनि क्लबलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छैन। फ्रान्समा कुनै पनि टोली पीएसजीको आसपास पनि नरहँदा प्रिमियर लिगमा चेल्सी र सिटीलाई अझै युनाइटेड भन्दा निकै बलियो मानिएको छ।

च्याम्पियन्स लिग जित्न पीएसजी प्रमुख दाबेदार 

सम्भवत फुटबल इतिहास कै सर्वश्रेष्ठ ट्रान्सफर विन्डोको अनुभव लिएका पिएसजीलाई फ्रेन्च लिगका साथै च्याम्पियन्स लिग जित्न पनि प्रमुख दाबेदारको रूपमा हेरिएको छ। २०२० मा फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको पीएसजी यो सिजन निकै बलियो रहेको छ। अर्कोतर्फ गत सिजन युरोपा लिग फाइनलमा पराजित भएको युनाइटेड रोनाल्डोको आगमनपछि पनि च्याम्पियन्स लिग जित्ने टोली देखिँदैन। यस्तोमा, पेरिस क्लबले म्यानचेस्टर क्लब भन्दा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।

 

मेस्सीका टिममेट रोनाल्डोका टिममेट भन्दा उत्कृष्ट 

मेस्सीको साथमा आक्रमणपङ्क्ति मा मात्र एम्बाप्पे, नेइमार, डी मारिया, इकार्डी, ड्रयाक्सलर जस्ता उत्कृष्ट खेलाडीको साथ रहनेछ। मेस्सी-नेइमार-एम्बाप्पेको ट्रियो विश्व कै सर्वश्रेष्ठ ट्रियो रहेको बताइन्छ। यी तीन मध्ये एक मात्र खेलाडीले पनि कुनै पनि समय खेल आफ्नो पक्षमा पार्न सक्छन्। रोनाल्डोको टिममेटको कुरा गर्नु पर्दा त्यति नराम्रो भन्न मिल्दैन। सान्चो, ग्रिनवुड, र्यासफर्ड, काभानी, लिंगार्ड जस्ता खेलाडीको रूपमा उत्कृष्ट खेलाडीले रोनाल्डोको साथ दिनेछन्। तर पीएसजीको आक्रमणपङ्क्ति अर्कै स्तरमा रहेको छ।

प्रकाशित : मङ्गलबार, भदौ २२, २०७८११:५४

यी खेलाडीले तोड्न सक्छन् रोनाल्डोको १११+ गोलको कठिन रेकर्ड !