विश्वकप २०२२ छनौट चरणको खेलमा आयरल्याण्ड विरुद्ध दुई गोल गरेका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने पुरुष खेलाडी बनेका छन्। उनले इरानका अली दाईको १०९ गोलको रेकर्ड तोडेका हुन्। ३६ वर्षा रोनाल्डोले अझै थुप्रै गोल गर्न बाँकी रहेको छ। तर आज हामी रोनाल्डोको यो रेकर्ड तोड्न सक्ने ५ खेलाडीका बारेमा बताउँछौं….
५. किलियन एम्बाप्पे
एम्बाप्पे हाल फ्रान्स टोलीमा विंगरको स्थानमा खेल्दै आएका छन्। तर निकट भविष्य मै उनले राष्ट्रिय टोलीबाट सेन्टर फरवार्डको रूपमा खेल्ने सम्भावना उच्च रहेको छ। फ्रान्स राष्ट्रिय टोलीका लागी ४९ खेल खेलका २२ वर्षीय स्ट्राइकरले १७ गोल गरेका छन्। युवा उमेरमा नै टोलीका प्रमुख गोलकर्ता तथा खेलाडी बनेका एम्बाप्पे आफ्नो सन्यासको समयसम्म अन्तराष्ट्रिय स्तरमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने सम्भावना रहेको छ।
४. एर्लिंग हालाण्ड
२०१९ मा नर्वेका लागि पहिलो खेल खेलेका डर्टमण्ड स्टारले राष्ट्रिय टोलीका लागि १३ खेल खेल्दै ८ गोल गरिसकेका छन्। यस सूचीमा हालाण्डको नाम तल पर्नुको कारण राष्ट्रिय टोलीमा अन्य प्रसिद्ध खेलाडीको कमी पनि हो। तर पनि हालाण्ड जस्ता गोल स्कोरिंग मेसिनलाई यस सूचीबाट हटाउन भने सकिँदैन। हुनसक्छ, सन्यास लिने समयसम्म जसो-तसो रोनाल्डोको रेकर्ड तोड्न सफल हुन् युवा सेन्सेसन एर्लिंग हालाण्ड।
३. नेयमार
२९ वर्षको उमेरमा ब्राजिलियन स्टार नेयमार राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी गोल गर्ने पेलेको रेकर्ड तोड्न निकै नजिक रहेका छन्। प्ले-मेकरको भूमिकामा खेल्न नेयमारले ब्राजिलका लागि ६८ गोल गरिसकेका छन्। यहि रफ्तारमा बिना कुनै चोट सबै प्रतियोगितामा सहभागी हुँदै गए भने रोनाल्डोको रेकर्ड तोड्ने सम्भावना रहेको छ। तर नेयमारको केसमा सबैभन्दा ठूलो समस्या रहेको छ उनको फिटनेस।
२. अली मभकाउट
युरोपियन फुटबलमा नसुनिने नाम हो अली मभकाउट। युएई राष्ट्रिय टोलीबाट खेल्ने अली मभकाउटले ३१ वर्षको उमेरमा राष्ट्रिय टोलीका लागि ७६ गोल गरिसकेका छन्। प्रतिस्पर्धा कम भएको कारणले पनि १०० गोल भन्दा बढी गोल गर्ने सम्भावना उच्च रहेको छ। रोनाल्डोको रेकर्ड माथि उनको नजर हुनुपर्छ।
१. रोमेलु लुकाकु
बेल्जियम राष्ट्रिय टोलीक लागि खेल्ने चेल्सी स्टारले हालै मात्र देशका लागि १०० औं खेल खेलेका छन्। उनले बेल्जियमका लागि अहिलेसम्म ६७ गोल गरिसकेका छन्। टोलीमा एडेन हाजार्ड र केभिन डी ब्रुएन जस्ता उत्कृष्ट खेलाडी रहेको कारण र हाल कयियरको शिखरमा रहेका कारण पनि उनलाई रोनाल्डोको रेकर्ड तोड्ने प्रमुख खेलाडीको रूपमा हेरिएको छ।