“काम गर्ने कालु मकै खाने भालु भने जस्तै थियो म्यान्चेस्टरमा रोनाल्डोको हालत”- इब्रा

क्रिस्टियानो रोनाल्डोलाई ओल्ड ट्राफोर्डमा फर्केर फर्देकिएको देख्दा सारा फुटबल जगत नै उत्साहित रहेको छ। तर पूर्व म्यानचेस्टर सुपरस्टार ज्लाटान इब्राहिमोभिक भने त्यति उत्साहित नहुन सक्छन्।

एसी मिलान स्टार म्यानचेस्टरमा रोनाल्डोको पहिलो कार्यकालको आलोचक रहेको खुलासा भएको छ। ३९ वर्षीय स्ट्राइकरले दाबी गरे कि रेड डेभिलमा हुँदा रोनाल्डो वाइन रुनीको कारण मात्र उत्कृष्ट देखिएका हुन्। रुनीले हरेक कार्य गर्ने गरेको तर चर्चा भने रोनाल्डोको मात्र हुने ज्लाटानले बताएका छन्।

गिभमीस्पोर्टका अनुसार बीबीसीसँग कुरा गर्दै २०१५ मा इब्राले भने,”जब रुनी रोनाल्डोसँग खेल्थे, सबै काम रुनीले गर्थे। तर रुनीको मद्दतमा गोल गरेकै भरमा रोनाल्डो चर्चामा आउने गर्थे। विवादास्पद टिप्पणी दिन माहिर इब्राको रोनाल्डोको बारे यस्तो आलोचना भने अनुचित लाग्छ। विशेषगरी ५ पटकका ब्यालुन डी ओर विजेताले क्लब छाड्नु अघि लगातर ३ प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग उपाधि, एफए कप, दुई लिग कप जस्ता उपाधि जितेका छन्।

यस बाहेक रोनाल्डोले युनाइटेडमा हुँदा ब्यालुन डी ओर र फिफा विश्व वर्ष खेलाडी जस्ता व्यक्तिगत अवार्ड पनि जितेका थिए। जसपछि २००९ मा रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डो १२ वर्षपछि पुनः ओल्ड ट्राफोर्डमा फर्किएका छन्।

प्रकाशित : बुधबार, भदौ २३, २०७८१७:२९

मेस्सी भर्सेस रोनाल्डो: टोली पछाडी परेको स्थितिमा को उत्कृष्ट ? पूरा तथ्यांक सहित !